सेभिया

बेल्जियन विंगर जानुजाज टर्किस क्लबमा अनुबन्ध

काठमाठौं । बेल्जियन विंगर अदनान जानुजाज टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा अनुबन्ध भएका छन्  ।

इस्तानबुलले जानुजाजलाई स्पेनिस क्लब सेभियाबाट यस सिजनको अन्तिमसम्मका लोनमा अनुबन्ध गरेको हो।

सेभियाले जानुजाजलाई गत वर्ष  फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो। उनले सेभियासँग चार वर्षको सम्झौता गरेका छन् । उनले सेभियाका लागि मात्र दुई लिग खेल्ने अवसर पाएका छन् ।

सेभिया भित्रिनुअघि जानुजानले ला लिगाकै अर्को क्लब रियाल सोसिडाडमा पाँच वर्ष बिताएका थिए । जानुजागले बेल्जियमका लागि  १५ खेलमा एक  गोल गरेका छन् ।