चैत्र १२, २०८२ बिहीबार | १४:५५:३२
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

साफ महिला यु-२० च्याम्पियनसिपः पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली बंगादेशसँग ३-१ को पराजय ब्यहोरेको छ ।

ढाकास्थित विर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा  र अक्तर रिपाले समान  एक गोल गर्दा नेपालका लागि मनमाया दमाइले एक गोल फर्काइन् ।

यस जितसँगै बंगलादेशले तीन अंक जोड्दा नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

खेलको तेस्रो मिनेटमै  मस्टको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । १३ औं मिनेटमा शम्सुनाहरले टोलीको अग्रता दोब्बर बनाइन् ।  

२४ औं मिनेटमा मनमायाले गोल गरेपछि खेल २-१ को स्थितामा आयो । इन्जुरी समयमा शाहिदाले गोल गरेपछि बंगलादेशले ३-१ को जित निकाल्यो । 

नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानको सामना गर्नेछ । शुक्रबार नै सम्पन्न उद्घाटन खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो ।

राउन्ड रोबिन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक बंगलादेश, भारत, नेपाल र भुटानको सहभागिता छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो