चैत्र ६, २०८२ शुक्रबार | १३:०८:३९
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

तोकियो १४औं दक्षिण एसियाली खेलकुद (साग) को नयाँ मिति

 

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने तय भएको १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गरेको छ।

मंगलबार पाकिस्तानमा बसेको एसएओसी बैठकले प्रतियोगिता सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ।

बैठकमा भारतका प्रतिनिधिको अनलाइनमार्फत सहभागिता रहेको बताइएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसहित अन्य ६ देशका प्रतिनिधि लाहोर बैठकमा सहभागी थिए ।

सन् २०१९ मा नेपालमा १३ औं सागको समापनका दौरान २०२१ मा पाकिस्तानले १४औं साग आयोजना गर्ने भन्दै झन्डा हस्तान्तरण भएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने साग ६ वर्षसम्म पनि हुन सकेको‌ छैन ।

पाकिस्तानले पछिल्लो पटक सन् २००४ मा नवौं सागको आयोजना गरेको थियो ।

एसएओसीले साग पाकिस्तानको तीन शहर लाहोर, इस्लामाबाद र फैसलाबादमा हुने निर्णय गरेको छ । सागमा समावेश हुने कुल २९ मध्ये २७ खेलको निर्णय पनि भएको बताइएको छ।  बाँकी दुई खेल भने आयोजक राष्ट्रले थप्न पाउनेछ। तर चारभन्दा कम राष्ट्रको सहभागिता नभएको अवस्थामा त्यस्तो खेल हटाइनेछ।

आगामी मार्चको बस्ने बैठकले प्रतियोगितामा समावेश हुने टुंगो लगाउने भनिएको छ।

बैठकले एसएओसीको विधान संशोधन समिति गठन गरेको छ। समितिको सदस्यमा एनओसी अध्यक्ष श्रेष्ठ र श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष सुरेनदारम सुब्रमन्यम छन्।‌


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो