माघ १८, २०८२ आइतबार | ०१:३९:३०
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

आइएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

आइएसएफ जिम्नासाइडमा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी र प्रशिक्षक बिदाइपछि तस्विर खिचाउदै ।

काठमाडौं । आइएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई नैकापस्थित ब्राइट फ्युचर स्कुलले शनिबार बिदाइ गरेको छ ।

अक्टोबर २३ देखि ३१ सम्म बहराइनको मानामामा हुने आइएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट तीन खेलाडी, दुई प्रशिक्षक र एक टोली प्रमुखसहित ६ जनाको सहभागिता रहनेछ ।

पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उप मेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतलेबिदाइ गरे ।

तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निविता केसीले प्रतिस्पर्धा गर्नेछन् । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निविताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन् ।

उनीहरूसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्ने छ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबारै बहराइन प्रस्थान गरेका छन् ।

आइएसएफ आयोजनामा हुने प्रतियोगितामा नेपालले व पाँच खेलमा सहभागिता जनाउदै छ । नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (चार टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन् ।

यु-२० उमेर समूहको आइएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २०औं संस्करण हुन लागेको हो ।

प्रत्येक  दुईवर्षको अन्तरालमा हुने आइएसएफ जिम्नासाइडको १९औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाएको सचिव रेग्मीले जनाएको थियो । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।