चैत्र ११, २०८२ बुधबार | ००:४२:१९
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

भलिबलका अभिभावक राईलाई विशेष अवार्ड

स्पेसल अवार्डबाट सम्मानित कुमार राई ।

काठमाडौं । पछिल्लो दुई दशकदेखि नेपाली भलिबलको श्रीवृद्धिमा समर्पित न्यु डायमण्ड क्लबका स्वयमसेवक प्रशक्षिक कुमार राई शुक्रबार नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा सम्मानित भएका छन् ।

राईले सीमित स्रोत र साधनका बीच अन्तर्राष्ट्रिय उपलब्धिको बाटोमा अगाडि बढिरहेको नेपाली महिला भलिबलको पिलरको रुपमा योगदान गरिरहेका  छन् ।

नेपाली भबिलमा न्यु डायमन्ड स्पोर्टस क्लबले गहिरो छाप छाडेको छ । न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ ।

नेपाली खेलकुदमा विद्यमान अनगन्ती समस्या पार लगाउँदै अगाडि बढ्ने क्रममा न्यु डायमन्डले घरेलु प्रतियोगिताहरूमा बलियो दाबेदारी दिँदै आइरहेको छ । नियमित प्रशिक्षणका साथै सेवासुविधा भरपूर रहेका घरेलु प्रतिद्वन्द्वी विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)लाई दबाब दिन न्यु डायमन्ड सफल भइरहेको छ ।

न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ । उनले काठमाडौंको नैकापमा आफ्नै विद्यालय न्यु डायमन्ड एकेडेमी सञ्चालन गरी स–साना नानीहरूलाई भलिबलको प्रशिक्षण दिन थालेको धेरै वर्ष भइसक्यो । जहाँ उनको भूमिका भलिबल प्रशिक्षक, विद्यालयको शिक्षक वा सञ्चालकमा सीमित छैन । उनी त त्यहाँका सबै खेलाडीका लागि अभिभावक हुन् । आर्थिक रूपमा विपन्न खेलाडीका लागि अध्ययन तथा भलिबलका लागि खर्चसमेत उनी आफैंले व्यवस्थापन गर्छन् । जहाँ राईको सबै पारिश्रमिक खर्च हुन्छ ।

नेपाली खेलकुदलाई दशकौंदेखि सेवा गरिरहेका कुमार राईको योगदानलाई नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत स्पेशल विधाबाट सम्मानित गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो