चैत्र ११, २०८२ बुधबार | २३:०१:१८
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

स्पोर्टस अवार्डः युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

युवा खेलाडी र प्रशिक्षकको मनोनयनमा परेकाहरु ।

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ ।

शुक्रबार हुने अवार्डको २१औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कष्ट पाँच जना सार्वजनिक गर्यो ।

वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी र प्रशिक्षक छानिएको मञ्चले जनाएको छ ।

मञ्चले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेट अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल , फुटबली प्रीति राई , टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा छन् ।

यसैगरी पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाइ, कबड्डीकी पर्वती राई र भारोत्तोलनका सञ्जय महर्जन उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । 

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

मनोनयन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन तस्विर सौजन्यः एनएसजेएफ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो ।

 मञ्चले गत संस्करण पहिलो पटक दुवै विधामा प्रारम्भिक चरणअन्तर्गत आठ खेलाडीको मनोनयन सावर्जनिक गरेको थियो । तर, मञ्च यसपालि फेरि पुरानै संरचनामा फर्केको हो ।

खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले सरोकारवालाहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर मञ्चले यसपालि हरेक विधामा पाँच खेलाडीलाई मनोयनमा राखेको बताए ।

‘गत संस्करण हामीले कोही नछुट्टोस् भनेर विधागत पुरस्कारमा तीन तीन खेलाडी थप गरेका थियों । तर, खेल विज्ञ, विभिन्न खेलकुद संघका पदाधिकारी र अन्य सरोकारवालाहरुले पाँच खेलाडी राख्दा नै राम्रो हुने सल्लाह र सुझाव दिएपछि हामी पुरानै संरचनामा फर्केका हौं,’ मञ्चका महासचिव पनि रहेका ओलीले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो