चैत्र ७, २०८२ शनिबार | २३:०६:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अवार्डलाई अजोडको साथ

सम्झौतापत्र आदानप्रदान गर्दै मञ्चका अध्यक्ष दूर्गानाथ सुवेदी (देवेन्द्र) र अजोडका प्रमूख कार्यकारी अधिकृत श्रवण रावल । तस्बिर सौजन्यः एनएसजेएफ

काठमाडौं । पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणका लागि युनाइटेड अजोड इन्स्योरेन्सले सह प्रायोजकका रुपमा साथ दिने भएको छ ।

यही भदौ २८ गते शुक्रबार हुने अवार्डको इन्स्योरेन्स पार्टनरका रुपमा मञ्च र अजोडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दूर्गानाथ सुवेदी (देवेन्द्र) र अजोडका प्रमूख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे ।

सह प्रायोजकका रुपमा अजोडले मञ्चका सबै सदस्यलाई जनही ५ लाख रुपैयाँ बराबरको बिमा पोलिसी तथा अवार्डका लागि नगद पनि प्रदान गर्ने मञ्चका महासचिव प्रज्ज्वल ओलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर अवार्डका लागि अजोडले दिने नगद रकम तथा मञ्चका सदस्यले पाउने पोलिसीबारे थप जानकारी भने गराइएको छैन ।

अवार्डमा वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरिनेछ । अवार्डमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधा समावेश छन् । यसैगरी पिपल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, टिम अफदी इयर, पारा एथलिट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा छन् ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने ओलीले जानकारी गराएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो