चैत्र ६, २०८२ शुक्रबार | ०५:१३:३१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध

काठमाडौं । थाइल्यान्डमा आगामी नोभेम्बर २१ देखि ३० सम्म हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स बेंकक–चुनबुरी आयोजकको कमजोरीका कारण नहुने भएको छ ।

एसिया महादेशभित्र ओलम्पिक अभियानको नेतृत्व गर्ने संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले स्थानीय आयोजक कमिटी सोमबारका लागि तोकिएको समयसिमाभित्र आवश्यक तयारी गर्न असफल भएकाले तत्कालका लागि खेल महोत्सव नै रद्ध गरिएको जनाएको छ ।

एसियाली इन्डोर खेलकुदमा महत्वपूर्ण मानिने यो खेल महोत्सवका लागि नेपालले पनि प्राथमिकताका साथ तयारी गरिरहेको थियो ।

ओसिएको आधिकारिक वेभसाइटमा उल्लेख गरिएअनुसार आयोजक थाइल्यान्डको स्थानीय आयोजक कमिटीले ओसिएद्धारा निर्धारित सर्तहरु पूरा गर्न नसकेकाले खेलकुद महोत्सव रद्ध गरिएको हो ।

गत मेमा बैंककमै सम्पन्न ओसिएको ४३औं साधारणसभामा स्थानीय आयोजक कमिटीले तयारीको प्रगति विवरण प्रस्तुत गरेको थियो । सो क्रममा आयोजक कमिटीले २०२४ को जुलाईसम्ममा सम्झौतामा उल्लेख गरेअनुसारका सबै तयारी सकिसक्ने बाचा गरेको थियो ।

स्थानीय आयोजकबाट बाचाअनुसार तयारीमा काम नभएपछि गत बिहीबार बसेको ओसिए कार्यकारी समिति बैठकले सोमबारसम्मको समय थप्दै सम्झौताअनुसार नगरिएका बाँकी ९ सर्तहरु पूरा गर्न निर्देशन दिएको थियो । सोही बैठकले सोमबारसम्ममा पनि ती सर्तहरु पूरा नभए खेल महोत्सव नै रद्ध गर्ने निर्णय पनि गरेको थियो ।

अन्तिम समयमा खेल रद्ध गर्दा एसियन इन्डोर एन्ड मार्शल आर्टसमा भाग लिनका लागि लामो समयदेखि तयारीमा रहेका खेलाडी, विभिन्न देश र अन्य सरोकारवालामा पर्न जाने अशरप्रति ओसिएले आफू संवेदनसिल रहेको बताएाके छ ।

‘सहभागिताको तयारीमा रहेका खेलाडीप्रति ओसिएको सहानुभूति छ । तर यो निर्णय खेलाडीहरुकै हितलाई ध्यानमा राखेर लिइएको हो,’ ओसिएको वेभसाइटमा प्रकासित विज्ञप्तिमा भनिएको छ, ‘खेललाई समयमै गर्नका लागि ओसिएको तर्फबाट भएका तमाम प्रयास सफल हुन सकेनन् । त्यसकारण खेलाडी र सरोकारवालाको हितलाई ध्यानमा राख्दै यसलाई रद्ध गर्नुको विकल्प रहेन ।’

ओसिएले एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्सको तयारीमा रहेका खेलाडीलाई आवश्यक सहयोगका लागि सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)हरुसँग सम्पर्क गर्ने पनि जनाएको छ ।

ओसिएको कार्यकारी समितिले साउदी अरेबियाको रियादमा सन् २०२६ मा हुने आगामी संस्करणपछि थाइल्यान्डले एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स आयोजना गर्न चाहेमा नियमित प्रक्रियाअनुसार दाबी गर्न सक्ने सर्वसम्मतिबाट निर्णय गरेको छ ।

२०२१ मै हुनुपर्ने भए पनि छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स कोभिड महामारी र थाइल्यान्डमा भएको सरकार परिवर्तनका कारण पटकपटक मिति सारेर यो वर्षको नोभेम्बर २१ देखि ३० सम्म गर्ने निर्णय भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो