माघ ३, २०८२ शनिबार | ०८:३९:१०
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध

काठमाडौं । थाइल्यान्डमा आगामी नोभेम्बर २१ देखि ३० सम्म हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स बेंकक–चुनबुरी आयोजकको कमजोरीका कारण नहुने भएको छ ।

एसिया महादेशभित्र ओलम्पिक अभियानको नेतृत्व गर्ने संस्था ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले स्थानीय आयोजक कमिटी सोमबारका लागि तोकिएको समयसिमाभित्र आवश्यक तयारी गर्न असफल भएकाले तत्कालका लागि खेल महोत्सव नै रद्ध गरिएको जनाएको छ ।

एसियाली इन्डोर खेलकुदमा महत्वपूर्ण मानिने यो खेल महोत्सवका लागि नेपालले पनि प्राथमिकताका साथ तयारी गरिरहेको थियो ।

ओसिएको आधिकारिक वेभसाइटमा उल्लेख गरिएअनुसार आयोजक थाइल्यान्डको स्थानीय आयोजक कमिटीले ओसिएद्धारा निर्धारित सर्तहरु पूरा गर्न नसकेकाले खेलकुद महोत्सव रद्ध गरिएको हो ।

गत मेमा बैंककमै सम्पन्न ओसिएको ४३औं साधारणसभामा स्थानीय आयोजक कमिटीले तयारीको प्रगति विवरण प्रस्तुत गरेको थियो । सो क्रममा आयोजक कमिटीले २०२४ को जुलाईसम्ममा सम्झौतामा उल्लेख गरेअनुसारका सबै तयारी सकिसक्ने बाचा गरेको थियो ।

स्थानीय आयोजकबाट बाचाअनुसार तयारीमा काम नभएपछि गत बिहीबार बसेको ओसिए कार्यकारी समिति बैठकले सोमबारसम्मको समय थप्दै सम्झौताअनुसार नगरिएका बाँकी ९ सर्तहरु पूरा गर्न निर्देशन दिएको थियो । सोही बैठकले सोमबारसम्ममा पनि ती सर्तहरु पूरा नभए खेल महोत्सव नै रद्ध गर्ने निर्णय पनि गरेको थियो ।

अन्तिम समयमा खेल रद्ध गर्दा एसियन इन्डोर एन्ड मार्शल आर्टसमा भाग लिनका लागि लामो समयदेखि तयारीमा रहेका खेलाडी, विभिन्न देश र अन्य सरोकारवालामा पर्न जाने अशरप्रति ओसिएले आफू संवेदनसिल रहेको बताएाके छ ।

‘सहभागिताको तयारीमा रहेका खेलाडीप्रति ओसिएको सहानुभूति छ । तर यो निर्णय खेलाडीहरुकै हितलाई ध्यानमा राखेर लिइएको हो,’ ओसिएको वेभसाइटमा प्रकासित विज्ञप्तिमा भनिएको छ, ‘खेललाई समयमै गर्नका लागि ओसिएको तर्फबाट भएका तमाम प्रयास सफल हुन सकेनन् । त्यसकारण खेलाडी र सरोकारवालाको हितलाई ध्यानमा राख्दै यसलाई रद्ध गर्नुको विकल्प रहेन ।’

ओसिएले एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्सको तयारीमा रहेका खेलाडीलाई आवश्यक सहयोगका लागि सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)हरुसँग सम्पर्क गर्ने पनि जनाएको छ ।

ओसिएको कार्यकारी समितिले साउदी अरेबियाको रियादमा सन् २०२६ मा हुने आगामी संस्करणपछि थाइल्यान्डले एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स आयोजना गर्न चाहेमा नियमित प्रक्रियाअनुसार दाबी गर्न सक्ने सर्वसम्मतिबाट निर्णय गरेको छ ।

२०२१ मै हुनुपर्ने भए पनि छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स कोभिड महामारी र थाइल्यान्डमा भएको सरकार परिवर्तनका कारण पटकपटक मिति सारेर यो वर्षको नोभेम्बर २१ देखि ३० सम्म गर्ने निर्णय भएको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate