चैत्र ६, २०८२ शुक्रबार | २२:२४:१३
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एसपिएले भारतमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपिए)कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ ।

जनवरी २७ देखि फेब्रुअरी २३ सम्म हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई कलेजका प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले  बुधबार एक कार्यक्रमकाबीच विदाई गरेका थिए ।

एसपिए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल रहेका छन् । यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट छन् ।

विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाब्वेसहित भारतका १६ टोलीले सहभागिता जनाउँदैछन् ।

सार्वजनिक खेल तालिका अनुसार एसपिए कलेजले जनवरी २७ मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुल, जनवरी २९ मा जिम्बाब्वेको लेजेन्ड कम्बाइन्ड स्कुल र जनवरी ३० मा कोलकाताको साउथ सिटी इन्टरनेशनल स्कुलसँग खेल्नेछ ।

लिगकम नकआउट फर्म्याटमा  हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ । खेल दिन र रातमा हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो