चैत्र १८, २०८२ बुधबार | १०:१९:३७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बागमतीको पहिलो हार

काठमाडौं । वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका अपराजित यात्रामा पूर्णविराम लागेको छ । 

बुधबार सम्पन्न खेलमा  बागतमी लुम्बिनी प्रदेशलाई ८५ रनको नतिजा सुम्पिएको हो ।

मुलपानी क्रिकेट मैदानमा जितका दुई सय ३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा एक सय ४९ रनमा सीमित भयो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । 
त्यसैगरी, प्रतिक श्रेष्ठले २७, रोशन विकले २३, ओमकार यादवले १६, योगेश भाटले १३ र उत्तम मागरले ११ रन जोडे । 

लुम्बीनीका लागि दुर्गेश गुप्ताले चार, अभिषेक गौतम र तुलबाहदुर थापाले समान दुई तथा निर्मल गुरुङ र नर सार्कीले समान एक विकेट लिए  । 
यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक ४६ रनको योगदान दिए ।

त्यसैगरी आकाश त्रिपाठीले ४०,दुर्गेश गुप्ताले २८,तुलबहादुर थापाले २० र कप्तान विशाल विक्रम केसीले ११ रन जोडे ।

बागमतीका लागि प्रतिक श्रेष्ठले तीन,अविषेक कोइराला र ओमकार यदावले समा दुई तथा योगेश भाट र अहमद राजाले समान एक विकेट लिए ।

यस जितसँगै चार खेलमा ६ अंक जोडेको लुम्बिनीले तेस्रो स्थानमा रहँदै फाइनलको सम्भावनालाई जिवितै राखेको छ । पाँच खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेको सुदुरपश्चिमले फाइनलमा स्थान पक्का गरिहेको छ ।  दोस्रो स्थानको बागमती प्रदेशको पाँच खेलमा आठ अंक छ ।  

चौथो स्थानको प्रदेश एकले चार अंक जोड्दा पाँचौ स्थानको कर्णाली प्रदेशको दुई अंक छ । गण्डकी प्रदेश र मधेश प्रदेश अंकविहिन छन ।

सात टोली सहभागी प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोली  फाइनल प्रवेश गर्नेछन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो