माघ १७, २०८२ शनिबार | २३:२८:१९
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

बागमतीको पहिलो हार

काठमाडौं । वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका अपराजित यात्रामा पूर्णविराम लागेको छ । 

बुधबार सम्पन्न खेलमा  बागतमी लुम्बिनी प्रदेशलाई ८५ रनको नतिजा सुम्पिएको हो ।

मुलपानी क्रिकेट मैदानमा जितका दुई सय ३५ रनको लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा एक सय ४९ रनमा सीमित भयो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । 
त्यसैगरी, प्रतिक श्रेष्ठले २७, रोशन विकले २३, ओमकार यादवले १६, योगेश भाटले १३ र उत्तम मागरले ११ रन जोडे । 

लुम्बीनीका लागि दुर्गेश गुप्ताले चार, अभिषेक गौतम र तुलबाहदुर थापाले समान दुई तथा निर्मल गुरुङ र नर सार्कीले समान एक विकेट लिए  । 
यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक ४६ रनको योगदान दिए ।

त्यसैगरी आकाश त्रिपाठीले ४०,दुर्गेश गुप्ताले २८,तुलबहादुर थापाले २० र कप्तान विशाल विक्रम केसीले ११ रन जोडे ।

बागमतीका लागि प्रतिक श्रेष्ठले तीन,अविषेक कोइराला र ओमकार यदावले समा दुई तथा योगेश भाट र अहमद राजाले समान एक विकेट लिए ।

यस जितसँगै चार खेलमा ६ अंक जोडेको लुम्बिनीले तेस्रो स्थानमा रहँदै फाइनलको सम्भावनालाई जिवितै राखेको छ । पाँच खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेको सुदुरपश्चिमले फाइनलमा स्थान पक्का गरिहेको छ ।  दोस्रो स्थानको बागमती प्रदेशको पाँच खेलमा आठ अंक छ ।  

चौथो स्थानको प्रदेश एकले चार अंक जोड्दा पाँचौ स्थानको कर्णाली प्रदेशको दुई अंक छ । गण्डकी प्रदेश र मधेश प्रदेश अंकविहिन छन ।

सात टोली सहभागी प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोली  फाइनल प्रवेश गर्नेछन ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।