माघ १७, २०८२ शनिबार | ०९:३३:०३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

विवाददास्पद नेपाल टी २० लिगबाट काठमाडौं गोर्खाजले हात झिक्यो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको समेत स्वामित्व रहेको कान्तिपुर क्यापिटल्सको काठमाडौं गोर्खाजले यही मंसिर २५ गते देखि हुने भनिएको विवादास्पद फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिग नखेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले गोप्य रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी २० लिगको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

अदालतमा मुद्धा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चासोका कारण काठमाडौं गोर्खाजले मंगलबार नेपाल टी २० लिग नखेल्ने निर्णय गरेको बताइएको छ । टिमको फ्रेन्चाइजले क्यानलाई मंगलबारै आफू नखेल्ने विषयमा पत्राचार गरिसकेको थियो ।

‘प्रतियोगिता यही महिनाबाट हुने भने पनि अझैसम्म अदालतमा मुद्धाको टुंगो लागिसकेको छैन । यसरी कानुनी कुरामै प्रष्ट नभएको प्रतियोगितामा गरिने लगानी जोखिममा पर्ने चासोका कारण हामीले यसबाट हात झिकेका हौं,’ टिमका एक अधिकारीले खेलाडीसँग भने, ‘लगानी गरेपछि त्यसको दीर्घकालिन र अल्पकालिन प्रतिफलको विषयमा सोच्नुपर्छ । तर कानुनी कुरामै प्रष्ट नभइसकेपछि लगानीको प्रतिफल आउने देखिएन । हामीले क्यानलाई आफ्ना सबै कुरा प्रष्ट राखेर पत्राचार गरिसकेका छौं ।’

देशभित्रै खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य आर्थिक नियमसमेत मिचेर गोप्य रुपमा भारतीय कम्पनीलाई क्यानले आयोजना अधिकार बेचेको विरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग गर्दै आएका अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको देखिएको छैन ।

क्यानले युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबाट पूर्व स्वीकृति लिएको दाबी गर्दै आए पनि अदालतले माग गरेअनुसार परिषदले पठाएको पत्रमा आफूले कुनै स्वीकृति नदिएको उल्लेख छ ।

भारतीय कम्पनीले यही मंसिर २५ बाट पुस १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा गराउने भनेको प्रतियोगितामा काठमाडौं गोर्खाजसहित ६ टोली सहभागि हुने भनिएको थियो । क्यानले प्रचार गरेका अन्य सहभागी टिममा जनकपुर रोयल्स,लुम्बिनी अल स्टार्स,फार वेस्टर्न युनाइटेड,विराटनगर सपर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।