चैत्र १४, २०८२ शनिबार | २३:२२:१२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

विवाददास्पद नेपाल टी २० लिगबाट काठमाडौं गोर्खाजले हात झिक्यो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको समेत स्वामित्व रहेको कान्तिपुर क्यापिटल्सको काठमाडौं गोर्खाजले यही मंसिर २५ गते देखि हुने भनिएको विवादास्पद फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिग नखेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले गोप्य रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी २० लिगको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

अदालतमा मुद्धा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चासोका कारण काठमाडौं गोर्खाजले मंगलबार नेपाल टी २० लिग नखेल्ने निर्णय गरेको बताइएको छ । टिमको फ्रेन्चाइजले क्यानलाई मंगलबारै आफू नखेल्ने विषयमा पत्राचार गरिसकेको थियो ।

‘प्रतियोगिता यही महिनाबाट हुने भने पनि अझैसम्म अदालतमा मुद्धाको टुंगो लागिसकेको छैन । यसरी कानुनी कुरामै प्रष्ट नभएको प्रतियोगितामा गरिने लगानी जोखिममा पर्ने चासोका कारण हामीले यसबाट हात झिकेका हौं,’ टिमका एक अधिकारीले खेलाडीसँग भने, ‘लगानी गरेपछि त्यसको दीर्घकालिन र अल्पकालिन प्रतिफलको विषयमा सोच्नुपर्छ । तर कानुनी कुरामै प्रष्ट नभइसकेपछि लगानीको प्रतिफल आउने देखिएन । हामीले क्यानलाई आफ्ना सबै कुरा प्रष्ट राखेर पत्राचार गरिसकेका छौं ।’

देशभित्रै खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य आर्थिक नियमसमेत मिचेर गोप्य रुपमा भारतीय कम्पनीलाई क्यानले आयोजना अधिकार बेचेको विरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग गर्दै आएका अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको देखिएको छैन ।

क्यानले युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबाट पूर्व स्वीकृति लिएको दाबी गर्दै आए पनि अदालतले माग गरेअनुसार परिषदले पठाएको पत्रमा आफूले कुनै स्वीकृति नदिएको उल्लेख छ ।

भारतीय कम्पनीले यही मंसिर २५ बाट पुस १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा गराउने भनेको प्रतियोगितामा काठमाडौं गोर्खाजसहित ६ टोली सहभागि हुने भनिएको थियो । क्यानले प्रचार गरेका अन्य सहभागी टिममा जनकपुर रोयल्स,लुम्बिनी अल स्टार्स,फार वेस्टर्न युनाइटेड,विराटनगर सपर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो