चैत्र ९, २०८२ सोमबार | १०:३९:४७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपाली क्रिकेट टोली बिहीबार पहिलो अभ्यास खेलमा भारतीय क्लब डिडिसिएसँग दुई विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको तीन सय चार रनको लक्ष्य डिडिसिएले ४९.३ ओभरमा आठ विकेटको क्षतीमा पूरा गर्यो ।

 डिडिसिएका सलिल मल्होक्राले ५३ र वैभव शर्माले ४४ रनको योगदान गरे । 

नेपालका कुशल भुर्तेलले तीन , नन्दन यादवले दुई तथा ललित राजवंशी, सोमपाल कामी र हरीशंकर शाहले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङका लागि आएको नेपालले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा डिडिसिएसामु जितका लागि तीन सय चार रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय तीन रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि रोहितले एक सय ३५ बलमा ११ चौका र एक छक्कासहित एक सय १३ तथा दीपेन्द्रले ६२ बलमा आठ चौका र ६ छक्कामद्दतमा एक सय ९ रन जोडे । त्यस्तै हरिशंकर साहले २५ र कुशल भुर्तेलले २१ रन बनाए ।

खराब सुरुआत गरे पनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले एक सय २० रनको  शतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । यसअघि नेपालका ओपनर अर्जुन साउद र आसिफ शेख तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रन खाता नखोल्दै पेभेलियन फर्किएका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपाली टोली आइतबार भारतबाटै नामिबिया प्रस्थान गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो