माघ १८, २०८२ आइतबार | ११:०३:४५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपाली क्रिकेट टोली बिहीबार पहिलो अभ्यास खेलमा भारतीय क्लब डिडिसिएसँग दुई विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको तीन सय चार रनको लक्ष्य डिडिसिएले ४९.३ ओभरमा आठ विकेटको क्षतीमा पूरा गर्यो ।

 डिडिसिएका सलिल मल्होक्राले ५३ र वैभव शर्माले ४४ रनको योगदान गरे । 

नेपालका कुशल भुर्तेलले तीन , नन्दन यादवले दुई तथा ललित राजवंशी, सोमपाल कामी र हरीशंकर शाहले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङका लागि आएको नेपालले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा डिडिसिएसामु जितका लागि तीन सय चार रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय तीन रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि रोहितले एक सय ३५ बलमा ११ चौका र एक छक्कासहित एक सय १३ तथा दीपेन्द्रले ६२ बलमा आठ चौका र ६ छक्कामद्दतमा एक सय ९ रन जोडे । त्यस्तै हरिशंकर साहले २५ र कुशल भुर्तेलले २१ रन बनाए ।

खराब सुरुआत गरे पनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले एक सय २० रनको  शतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । यसअघि नेपालका ओपनर अर्जुन साउद र आसिफ शेख तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रन खाता नखोल्दै पेभेलियन फर्किएका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपाली टोली आइतबार भारतबाटै नामिबिया प्रस्थान गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।