चैत्र ८, २०८२ आइतबार | १५:२७:४०
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

लिस्ट ‘ए’ क्रिकेटमा जगदिसनको विश्व कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट खेलाडी नारायण जगदिसनले लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान राखेका छन् ।

घरेलु प्रतियोगितामा तमिलनाडुबाट खेलेका जगदिशनले दुई सय ७७ रन बनाएका थिए । अरुणाञ्चल प्रदेशविरुद्ध जगदिसनले एक सय ४१ बलमा २५ चौका र १५ छक्का प्रहार गरे ।

लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा बनेको यो विश्व क्रिकेट इतिहासकै सबभन्दा ठूलो व्यक्तिगत स्कोर हो । यसअघि सन् २००२ मा ग्लामोरगानका अलिस्टियर ब्राउनले दुई सय ६८ रन बनाएका थिए ।

श्रीलंका महिला एकदिवसीय क्रिकेटमा श्रिपाली विराक्कोडीले सन् २००७ मा दुई सय ७१ रन बनाएकी थिइन् ।  

जगदिसन एकै सिजनका पाँच इनिङमा सतक प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि लिस्ट ‘ए’ क्रिकेटमा तीन खेलाडीले चार सतक बनाएका थिए । कुमार सांगाकाराले सन् २०१४–१५, अल्भारो पिटरसनले सन् २०१५–१६ र देवदत्त पादिकालले सन् २०२०–२१ मा चार सतक प्रहार गरेका थिए ।

अरुणाञ्चलविरुद्ध तमिलनाडुले ५०६–२ को स्कोर बनाएको थियो । पुरुष लिस्ट ‘ए’ क्रिकेटमा पाँच सय बढि रन बनाउने तमिलनाडु पहिलो टोली समेत बनेको छ । गत वर्षमात्रै इङ्ल्यान्डले नेदरल्यान्डविरुद्ध ४९८–४ को स्कोर बनाएको थियो ।

पाँच सय ६ रनको लक्ष्य पछ्याएको अरुणाञ्चल २८.४ ओभरम ७१ रनमा सीमित भएको थियो । तमिलनाडुले खेल ४ सय ३५ रनले जितेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो