माघ १७, २०८२ शनिबार | १२:१४:१८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

स्टार्क र जाम्पाको प्रेरणामा अस्ट्रेलियालाई एक खेलअगावै शृंखला

सिड्नी । मिचेल स्टार्क र एडम जाम्पाले प्रभावशाली प्रदर्शन गरेपछि इङ्ल्यान्डमाथि ७२ रनको रवाफिलो जित निकाल्दै अस्ट्रेलियाले शनिबार दुईपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।

घरेलु सिड्नी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्टार्क र जाम्पाले चार÷चार विकेट लिएपछि अस्ट्रेलियाको जित सहज बनेको थियो । बिहीबार पहिलो खेल ६ विकेटले जितेको अस्ट्रेलिया यो जितपछि एक खेलअगावै तीन खेलको शृंखला कब्जा गर्न सफल भयो । शृंखलाअन्तर्गत अन्तिम खेल मंगलबार मेलबर्नमा हुनेछ ।

टस जितेर ब्याटिङ रोजेपछि आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको अस्ट्रेलियाले विपक्षीलाई ३८.५ ओभरमा दुई सय आठ रनमा रोक्यो ।

इङ्ल्यान्डका लागि विकेटकिपर-ब्याटर साम बिलिङ्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । यस्तै, जेम्स भिन्स ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन बनाएर पेवेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि अस्ट्रेलियाका लागि एक सय १४ बल सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रन बनाएका थिए ।

आदिल राशिदको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके । यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

अस्ट्रेलियाका लागि ५९ बल सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पवेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

इङ्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुई/दुई विकेट लिए । मोइन अलीले पनि एक विकेटमा नाम लेखाए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।