चैत्र ६, २०८२ शुक्रबार | ०७:४४:३७
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

स्टार्क र जाम्पाको प्रेरणामा अस्ट्रेलियालाई एक खेलअगावै शृंखला

सिड्नी । मिचेल स्टार्क र एडम जाम्पाले प्रभावशाली प्रदर्शन गरेपछि इङ्ल्यान्डमाथि ७२ रनको रवाफिलो जित निकाल्दै अस्ट्रेलियाले शनिबार दुईपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।

घरेलु सिड्नी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्टार्क र जाम्पाले चार÷चार विकेट लिएपछि अस्ट्रेलियाको जित सहज बनेको थियो । बिहीबार पहिलो खेल ६ विकेटले जितेको अस्ट्रेलिया यो जितपछि एक खेलअगावै तीन खेलको शृंखला कब्जा गर्न सफल भयो । शृंखलाअन्तर्गत अन्तिम खेल मंगलबार मेलबर्नमा हुनेछ ।

टस जितेर ब्याटिङ रोजेपछि आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको अस्ट्रेलियाले विपक्षीलाई ३८.५ ओभरमा दुई सय आठ रनमा रोक्यो ।

इङ्ल्यान्डका लागि विकेटकिपर-ब्याटर साम बिलिङ्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । यस्तै, जेम्स भिन्स ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन बनाएर पेवेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि अस्ट्रेलियाका लागि एक सय १४ बल सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रन बनाएका थिए ।

आदिल राशिदको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके । यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

अस्ट्रेलियाका लागि ५९ बल सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पवेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

इङ्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुई/दुई विकेट लिए । मोइन अलीले पनि एक विकेटमा नाम लेखाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो