चैत्र १७, २०८२ मंगलबार | २१:५७:५६
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

सम्हालिएको ब्याटिङ प्रदर्शनसहित शृंखला जित्ने लक्ष्यमा नेपाल

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलका लागि मैदान उत्रदा नेपाल जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । 

सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १-१ को बराबरी गरेको थियो ।

यद्धपी जारी शृंखलामा नेपालले आशा गरिए अनुसारको ब्याटिङ गर्न सकेको छैन । 

युएईविरुद्धको पहिलो एक दिवसीय खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका अर्जुन साउदले अर्धशतक पूरा गरे पनि दोस्रो एक दिवसीय खेलमा रन खाता नै खोल्न सकेनन् । अर्जुनसँगै पहिलो खेलमा अर्धशतक पूरा गरेका दिपेन्द्रसिंह ऐरीले पनि दोस्रो खेलमा सम्झनलायक ब्याटिङ प्रदर्शन गर्न सकेनन् ।

दोस्रो एक दिवसीय खेलमा नेपाललाई शृंखलामा फर्काउन आरिफ शेख र गुल्सन झाले सम्हालिएको प्रदर्शन गरेका थिए । शीर्ष क्रमका ब्याटर नचल्दा यी दुई ब्याटरले नेपालको जितको आधार खडा गरेका थिए । 

युएईविरुद्धको शृंखलासँगै कप्तानीको जिम्मेवारी पाएका रोहित पौडेलले स्वभाविक लय भेट्टाउन सकेका छैनन । दुवै खेलमा रोहितले दोहोरो अंकमा स्कोर गर्न सकेका छैनन ।
त्यसैले नेपाल आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो