माघ १७, २०८२ शनिबार | ०८:२९:२०
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

फिन्चले अर्धसतक प्रहार गरेपछि अस्ट्रेलियाको विजयी सुरुआत

सिड्नी । कप्तान एरोन फिन्चको अर्धसतक प्रेरित अस्ट्रेलियाले बुधबार तीन विकेटको जितका साथ वेस्ट इन्डिजविरुद्धको घरेलु ट्वान्टी २० शृंखलामा सुखद सुरुआत गरेको छ ।

फिन्चले ५३ बलमा ६ चौका सहित ५८ रन बनाएपछि अस्ट्रेलियाले एक सय ४६ रनको लक्ष्य निर्धारित २० ओभरको एक बल बाँकी रहँदै तीन विकेटको क्षतिमा हासिल गर्यो ।

ओपनरद्धय डेविड वार्नर र क्यामरुन ग्रिन दुवैले समान १४ रन बनाएर पवेलियन फर्किइसकेको अवस्थामा तीन नम्बरका ब्याटर मिचेल मार्स पनि तीन रनमा आउट भइसकेपछि फिन्चले अस्ट्रेलियाको इनिङ सम्हालेका थिए ।

ग्लेन म्याक्सवेल र टिम डेविड खाता खोल्न नपाउँदै आउट भएको खेलमा घरेलु टोलीका लागि म्याथु वेडले ३९ रनको योगदान गरे । २९ बल खेलेका वेडले पाँच चौका प्रहार गरेका थिए । पाट कमिन्स चार रनमा पवेलियन फर्किए भने मिचेल स्टार्क ६ रनमा अविजित रहे ।

भ्रमणकारी वेस्ट इन्डिजका शेल्डन कट्रेल र अल्जारी जोसेफले दुई/दुई तथा जेसन होल्डर, यानिक कारिया र ओडिन स्मिथले एक/एक विकेटमा नाम लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर काइल मेयर्सले सर्वाधिक ३९ रनको योगदान गरे भने ओडिन स्मिथले २७, रेमन रेइफरले १९, जेसन होल्डरले १३ तथा ब्रेन्डन किङले १२ रन बनाए । भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

अस्ट्रेलियाका लागि जेस हेजलउडले तीन विकेट लिए भने मिचेल स्टार्क र पाट कमिन्सले दुई/दुई विकेटमा नाम लेखाए । यसैगरी क्यामरुन ग्रिनले एक विकेट लिए ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबीच दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल शुक्रबार ब्रिसबेनमा हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।