चैत्र १८, २०८२ बुधबार | ०८:४३:३२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

फिन्चले अर्धसतक प्रहार गरेपछि अस्ट्रेलियाको विजयी सुरुआत

सिड्नी । कप्तान एरोन फिन्चको अर्धसतक प्रेरित अस्ट्रेलियाले बुधबार तीन विकेटको जितका साथ वेस्ट इन्डिजविरुद्धको घरेलु ट्वान्टी २० शृंखलामा सुखद सुरुआत गरेको छ ।

फिन्चले ५३ बलमा ६ चौका सहित ५८ रन बनाएपछि अस्ट्रेलियाले एक सय ४६ रनको लक्ष्य निर्धारित २० ओभरको एक बल बाँकी रहँदै तीन विकेटको क्षतिमा हासिल गर्यो ।

ओपनरद्धय डेविड वार्नर र क्यामरुन ग्रिन दुवैले समान १४ रन बनाएर पवेलियन फर्किइसकेको अवस्थामा तीन नम्बरका ब्याटर मिचेल मार्स पनि तीन रनमा आउट भइसकेपछि फिन्चले अस्ट्रेलियाको इनिङ सम्हालेका थिए ।

ग्लेन म्याक्सवेल र टिम डेविड खाता खोल्न नपाउँदै आउट भएको खेलमा घरेलु टोलीका लागि म्याथु वेडले ३९ रनको योगदान गरे । २९ बल खेलेका वेडले पाँच चौका प्रहार गरेका थिए । पाट कमिन्स चार रनमा पवेलियन फर्किए भने मिचेल स्टार्क ६ रनमा अविजित रहे ।

भ्रमणकारी वेस्ट इन्डिजका शेल्डन कट्रेल र अल्जारी जोसेफले दुई/दुई तथा जेसन होल्डर, यानिक कारिया र ओडिन स्मिथले एक/एक विकेटमा नाम लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर काइल मेयर्सले सर्वाधिक ३९ रनको योगदान गरे भने ओडिन स्मिथले २७, रेमन रेइफरले १९, जेसन होल्डरले १३ तथा ब्रेन्डन किङले १२ रन बनाए । भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

अस्ट्रेलियाका लागि जेस हेजलउडले तीन विकेट लिए भने मिचेल स्टार्क र पाट कमिन्सले दुई/दुई विकेटमा नाम लेखाए । यसैगरी क्यामरुन ग्रिनले एक विकेट लिए ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबीच दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल शुक्रबार ब्रिसबेनमा हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो