माघ १५, २०८२ बिहीबार | ०७:१३:०७
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

चोटका कारण बुमरा विश्वकपबाट बाहिर, चाँडै विकल्प घोषणा गरिने

काठमाडौं । तिब्र गतिका बलर जसप्रित बुमरा पिठ्युँको चोटका कारण अनुपस्थित हुने भएपछि भारतको ट्वान्टी २० विश्वकप लक्ष्यमा ठूलो धक्का लागेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला सेप्टेम्बर २८ मा सुरु हुनुभन्दा ठिक अगाडि बुमराको चोट बल्झिएको थियो । चोट लागेपछि पहिलो खेल भएको थिरुभानान्थापुरमबाट बुमरा तत्कालै उपचारका लागि बेङ्लोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी पुगेका थिए ।

बेङ्लोरमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को मेडिकल टिमले उनको विस्तृत जाँच गरेपछि कम्तिमा ६ हप्ता खेलन नसक्ने बताएको छ । जसका कारण उनी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने २० ओभरको विश्वकपबाट औपचारिक रुपमै बाहिरिएका छन् ।

चोटकै कारण बुमराले अगस्ट/सेप्टेम्बरमा भएको एसिया कप गुमाएका थिए । त्यसपछि उनी अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि टिममा फर्काइएका थिए । अस्ट्रेलियाविरुद्ध सेप्टेम्बर २३ र २५ मा भएका दोस्रो तथा तेस्रो ट्वान्टी २० खेलमा उनी मैदान उत्रिएका थिए । तर चोट बल्झिएपछि सेप्टेम्बर २८ मा दक्षिण अफ्रिकाविरुद्ध भएको पहिलो खेलमा उनी मैदानमा थिएनन् । लगत्तै उपचारका लागि बेङ्लोर पुगे पनि विश्वकपलाई उनी फर्किने सम्भावना रहेन ।

भारतले भोषणा गरेको टिमको बैकल्पिक सुचीमा मोहम्मद सामी र दीपक चहर दुई तिब्र गतिका बलर छन् । ट्वान्टी २० विश्वकपमा यी दुईमध्ये एकले मुख्य टिममा बुमराको स्थान लिने सम्भावना छ । जवकि मोहम्मद सिराजलाई पनि एक भरपर्दो विकल्पका रुपमा लिइएको छ । सोझै प्रतियोगिताको सुपर १२ मा पुगिसकेका कारण भारतले अक्टोबर १५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को अनुमति विना पनि आफ्नो टिममा परिवर्तन गर्न पाउँछ ।

अलराउन्डर रविन्द्र जडेजा घुँडाको चोटका कारण बाहिरिइसकेको अवस्थामा बुमरा विश्वकपका लागि भारतले गुमाउन लागेका दोस्रो प्रमूख खेलाडी हुन् । यसैगरी भारत अर्का अलराउन्डर दीपक हुडाको फिट्नेसको विषयलाई लिएर पनि चिन्तित छ ।

विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा रहेका हुडा पनि पिठयुकै चोटका कारण राष्ट्रिय क्रिकेट एकेडेमीमा उपचाररत छन् । गत महिना अस्ट्रेलियाविरुद्धको शृंखला दौरान उनी घाइते भएका थिए । बिसिसिआईले हुडाको अवस्थाबारे केही पनि सार्वजनिक गरेको छैन ।

भारत विश्वकप सुपर १२ को समूह दुईमा पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र छनोट चरणबाट आउने दुई टोलीसँगै परेको छ । संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न ट्वान्टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि रोहित शर्माको कप्तानीमा रहेको टोलीले यसपाली अस्ट्रेलियामा दमदार पुनरागमन गर्ने लक्ष्य बनाएको छ ।

अक्टोबर २३ मा पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नुअघि भारतले न्युजिल्यान्ड  र अस्ट्रेलियाविरुद्ध दुई अभ्यास खेल खेल्नेछ ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषव पन्त (विकेटकिपर), दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पण्ड्या, रविचनद्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, अश्रदीप सिंह

बैकल्पिक खेलाडीः मोहम्मद सामी, श्रेयर ऐर, रवि विस्नोई, दीपक चहर


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।