चैत्र ९, २०८२ सोमबार | २३:१५:२७
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

चोटका कारण बुमरा विश्वकपबाट बाहिर, चाँडै विकल्प घोषणा गरिने

काठमाडौं । तिब्र गतिका बलर जसप्रित बुमरा पिठ्युँको चोटका कारण अनुपस्थित हुने भएपछि भारतको ट्वान्टी २० विश्वकप लक्ष्यमा ठूलो धक्का लागेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला सेप्टेम्बर २८ मा सुरु हुनुभन्दा ठिक अगाडि बुमराको चोट बल्झिएको थियो । चोट लागेपछि पहिलो खेल भएको थिरुभानान्थापुरमबाट बुमरा तत्कालै उपचारका लागि बेङ्लोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी पुगेका थिए ।

बेङ्लोरमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को मेडिकल टिमले उनको विस्तृत जाँच गरेपछि कम्तिमा ६ हप्ता खेलन नसक्ने बताएको छ । जसका कारण उनी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने २० ओभरको विश्वकपबाट औपचारिक रुपमै बाहिरिएका छन् ।

चोटकै कारण बुमराले अगस्ट/सेप्टेम्बरमा भएको एसिया कप गुमाएका थिए । त्यसपछि उनी अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि टिममा फर्काइएका थिए । अस्ट्रेलियाविरुद्ध सेप्टेम्बर २३ र २५ मा भएका दोस्रो तथा तेस्रो ट्वान्टी २० खेलमा उनी मैदान उत्रिएका थिए । तर चोट बल्झिएपछि सेप्टेम्बर २८ मा दक्षिण अफ्रिकाविरुद्ध भएको पहिलो खेलमा उनी मैदानमा थिएनन् । लगत्तै उपचारका लागि बेङ्लोर पुगे पनि विश्वकपलाई उनी फर्किने सम्भावना रहेन ।

भारतले भोषणा गरेको टिमको बैकल्पिक सुचीमा मोहम्मद सामी र दीपक चहर दुई तिब्र गतिका बलर छन् । ट्वान्टी २० विश्वकपमा यी दुईमध्ये एकले मुख्य टिममा बुमराको स्थान लिने सम्भावना छ । जवकि मोहम्मद सिराजलाई पनि एक भरपर्दो विकल्पका रुपमा लिइएको छ । सोझै प्रतियोगिताको सुपर १२ मा पुगिसकेका कारण भारतले अक्टोबर १५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को अनुमति विना पनि आफ्नो टिममा परिवर्तन गर्न पाउँछ ।

अलराउन्डर रविन्द्र जडेजा घुँडाको चोटका कारण बाहिरिइसकेको अवस्थामा बुमरा विश्वकपका लागि भारतले गुमाउन लागेका दोस्रो प्रमूख खेलाडी हुन् । यसैगरी भारत अर्का अलराउन्डर दीपक हुडाको फिट्नेसको विषयलाई लिएर पनि चिन्तित छ ।

विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा रहेका हुडा पनि पिठयुकै चोटका कारण राष्ट्रिय क्रिकेट एकेडेमीमा उपचाररत छन् । गत महिना अस्ट्रेलियाविरुद्धको शृंखला दौरान उनी घाइते भएका थिए । बिसिसिआईले हुडाको अवस्थाबारे केही पनि सार्वजनिक गरेको छैन ।

भारत विश्वकप सुपर १२ को समूह दुईमा पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र छनोट चरणबाट आउने दुई टोलीसँगै परेको छ । संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न ट्वान्टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि रोहित शर्माको कप्तानीमा रहेको टोलीले यसपाली अस्ट्रेलियामा दमदार पुनरागमन गर्ने लक्ष्य बनाएको छ ।

अक्टोबर २३ मा पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नुअघि भारतले न्युजिल्यान्ड  र अस्ट्रेलियाविरुद्ध दुई अभ्यास खेल खेल्नेछ ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषव पन्त (विकेटकिपर), दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पण्ड्या, रविचनद्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, अश्रदीप सिंह

बैकल्पिक खेलाडीः मोहम्मद सामी, श्रेयर ऐर, रवि विस्नोई, दीपक चहर


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो