माघ १६, २०८२ शुक्रबार | १७:२९:००
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

नेपाल टी २० लिग स्थगित, डिसेम्बरमा सार्ने तयारी

काठमाडौं । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल टी २० लिग निर्धारित समयमा नहुने भएको छ ।

यही असोज आठदेखि कात्तिक पाँच गतेसम्म हुने भन्दै चर्चा गरिएको प्रतियोगिता तीन महिना पछि सारिएको बताइएको छ । मंसिर चार गतेलाई तय भएको आम चुनाव, दशै–तिहार जस्ता चाढ यही घोषित मितिमा पर्ने, आन्तरिक विवादलगायतका कारण बहुचर्चित फ्रेन्चाइज लिग तत्काललाई स्थगित गरिएको उच्च स्रोतले खेलाडीलाई जानकारी गराएको छ ।

‘विवादका कारण टी २० लिग अदालतसम्म पुग्यो । आन्तरिक विवादले गर्दा ड्राफ्ट पनि ढिलो भयो । त्यसका कारण खेलाडीको श्रम स्वीकृति लिने कामलाई पनि समय पुगेन । फ्रेन्चाइज टिमहरुले तयारीका लागि समय मागे । यही कारण हामीले तीन महिना पछि सार्ने तयारी गरेका छौं,’ नेपाल क्रिकेट संघ (क्यान)को स्रोतले भन्यो, ‘हामीले टी २० लिग गर्ने भनेकै समयमा क्रिकेट विश्वकप, आम चुनाव रदशै–तिहार पनि परेको कारण अहिलेलाई गर्न सम्भव भएन ।’

पानी परिरकेको मौसम र प्रतियोगिताका विभिन्न टिमसँग अनुबन्धित खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट सहमति पत्र लिन पनि समय लाग्नेलगायतका कारण प्रतियोगिता सार्न बाध्य भएको स्रोतको दाबी छ ।

कानुनअनुसार प्रक्रिया नपुर्याई जबरजस्ती भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता आयोजनाको अधिकार दिइएको भन्दै क्यानको कार्यसमितिमै चर्को आन्तरिक विवाद छ । त्यही विवादका कारण सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

चर्को आन्तरिक विवादका बावजुद नेपाल क्रिकेट संघ प्रतियोगिता गर्ने अडानमा कायम रहेपछि राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा हुने नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट यही भदौ २३ गतेबाट काठमाडौंमा सुरु गरिसकेको छ ।

प्रतियोगिताका लागि सहभागि सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फ्रेन्चाइज टिममा फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि सबै टोलीले ड्राफ्टमार्फत खेलाडी अनुबन्ध प्रक्रिया गरिसकेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।