चैत्र १४, २०८२ शनिबार | ११:२५:१०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

नेपाल टी २० लिग स्थगित, डिसेम्बरमा सार्ने तयारी

काठमाडौं । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल टी २० लिग निर्धारित समयमा नहुने भएको छ ।

यही असोज आठदेखि कात्तिक पाँच गतेसम्म हुने भन्दै चर्चा गरिएको प्रतियोगिता तीन महिना पछि सारिएको बताइएको छ । मंसिर चार गतेलाई तय भएको आम चुनाव, दशै–तिहार जस्ता चाढ यही घोषित मितिमा पर्ने, आन्तरिक विवादलगायतका कारण बहुचर्चित फ्रेन्चाइज लिग तत्काललाई स्थगित गरिएको उच्च स्रोतले खेलाडीलाई जानकारी गराएको छ ।

‘विवादका कारण टी २० लिग अदालतसम्म पुग्यो । आन्तरिक विवादले गर्दा ड्राफ्ट पनि ढिलो भयो । त्यसका कारण खेलाडीको श्रम स्वीकृति लिने कामलाई पनि समय पुगेन । फ्रेन्चाइज टिमहरुले तयारीका लागि समय मागे । यही कारण हामीले तीन महिना पछि सार्ने तयारी गरेका छौं,’ नेपाल क्रिकेट संघ (क्यान)को स्रोतले भन्यो, ‘हामीले टी २० लिग गर्ने भनेकै समयमा क्रिकेट विश्वकप, आम चुनाव रदशै–तिहार पनि परेको कारण अहिलेलाई गर्न सम्भव भएन ।’

पानी परिरकेको मौसम र प्रतियोगिताका विभिन्न टिमसँग अनुबन्धित खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट सहमति पत्र लिन पनि समय लाग्नेलगायतका कारण प्रतियोगिता सार्न बाध्य भएको स्रोतको दाबी छ ।

कानुनअनुसार प्रक्रिया नपुर्याई जबरजस्ती भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता आयोजनाको अधिकार दिइएको भन्दै क्यानको कार्यसमितिमै चर्को आन्तरिक विवाद छ । त्यही विवादका कारण सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

चर्को आन्तरिक विवादका बावजुद नेपाल क्रिकेट संघ प्रतियोगिता गर्ने अडानमा कायम रहेपछि राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा हुने नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट यही भदौ २३ गतेबाट काठमाडौंमा सुरु गरिसकेको छ ।

प्रतियोगिताका लागि सहभागि सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फ्रेन्चाइज टिममा फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि सबै टोलीले ड्राफ्टमार्फत खेलाडी अनुबन्ध प्रक्रिया गरिसकेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो