चैत्र १८, २०८२ बुधबार | ११:५५:२०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

राधेमाईको पहिलो जित

काठमाडौं । भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनले हराउँदै अपन राधेमाई युवा क्लबले बिहीबार यु १६ नेक्सस कप ट्वान्टी २० क्रिकेटमा जित निकालेको छ ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको बीसीसी १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमात्र बनाउन सक्यो ।

राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले समान तीन विकेट लिए ।

यसअघि ब्याटिङमा आएको राधेमाईले निर्धारित २० ओभरमा सात विकेट गुमाउनुअघि एक सय ३९ रनको योगफल तयार गरेको थियो ।  

राधेमाईका लागि शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रनको योगदान दिए । बीसीसीका आयान सिलवालले दुई विकेट लिए ।

बिहीबारै भएको अर्काे खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो ।

ओसिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको लक्ष्य तयार गरेको थियो ।

ओसिसका लागि सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले तीन तथा संगम बुढाथोकीले एक विकेट लिए ।

ओसिसले दिएको लक्ष्य आस्थाले १७.१ ओभरमा आठ विकेट गुमाउदै पूरा गर्यो । । आस्थाका सौजन घिमिरेले २१ रनको योगदान दिए । ओसिसका बिके शर्माले तीन विकेट हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो