माघ १७, २०८२ शनिबार | १८:०४:५२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

राधेमाईको पहिलो जित

काठमाडौं । भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनले हराउँदै अपन राधेमाई युवा क्लबले बिहीबार यु १६ नेक्सस कप ट्वान्टी २० क्रिकेटमा जित निकालेको छ ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको बीसीसी १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमात्र बनाउन सक्यो ।

राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले समान तीन विकेट लिए ।

यसअघि ब्याटिङमा आएको राधेमाईले निर्धारित २० ओभरमा सात विकेट गुमाउनुअघि एक सय ३९ रनको योगफल तयार गरेको थियो ।  

राधेमाईका लागि शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रनको योगदान दिए । बीसीसीका आयान सिलवालले दुई विकेट लिए ।

बिहीबारै भएको अर्काे खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो ।

ओसिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको लक्ष्य तयार गरेको थियो ।

ओसिसका लागि सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले तीन तथा संगम बुढाथोकीले एक विकेट लिए ।

ओसिसले दिएको लक्ष्य आस्थाले १७.१ ओभरमा आठ विकेट गुमाउदै पूरा गर्यो । । आस्थाका सौजन घिमिरेले २१ रनको योगदान दिए । ओसिसका बिके शर्माले तीन विकेट हात पारे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।