माघ १७, २०८२ शनिबार | ०६:०६:००
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको बिदाई

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट शृंखला लागि अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ ।

शनिबार सोल्टीमोडस्थित हायात प्यालेसमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाई गरिएको हो ।

नेपाली टिमलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाई गरे ।

कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘एकदिवसीय मान्यता कायम राख्न यो शृंखला निकै महत्वपूर्ण छ,’ अध्यक्ष चन्दले भने, ‘यस शृंखलासँगै नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को अघिल्लो चरणमा प्रवेश गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

यस्तै, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले विगतका कमिकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु । विगतको कमिकमजोरीलाई सुधार्दै राम्रो प्रदर्शन गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री गहतराजले भने, ‘अहिले यो अवस्थामा एभरेष्ट प्रिमियर लिग (इपिएल) को विषयमा केही नसम्झियौं ।’

बिदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अमेरिका जानुभन्दा त्यहाँको प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

‘यो शृंखला हाम्रो लागि निकै महत्वपूर्ण छ । अमेरिका जानुभन्दा त्यहाँ गर्ने प्रदर्शन मुख्य उपलब्धी हो,’ सन्दीपले भने, ‘लिग २ अब हामीले २४ खेल खेल्न बाँकी छ र अहिले टिम पनि सन्तुलित छ । लिग २ मा धेरैभन्दा धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहन्छौं ।’

यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिम सन्तुलित रहेको र लिगको चौथो स्थानमा उक्लिने आफूहरुको लक्ष्य भएको बताए ।

‘अमेरिका भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ । यसैका लागि हामीले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेका छौं', दासानायकेले भने, 'टिममा युवा प्रतिभा राम्रो छ । टिम सन्तुलित छ र शृंखलासँगै लिगको चौथो वा पाँचौ स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।