चैत्र १४, २०८२ शनिबार | ००:११:१७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको बिदाई

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट शृंखला लागि अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ ।

शनिबार सोल्टीमोडस्थित हायात प्यालेसमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाई गरिएको हो ।

नेपाली टिमलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाई गरे ।

कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘एकदिवसीय मान्यता कायम राख्न यो शृंखला निकै महत्वपूर्ण छ,’ अध्यक्ष चन्दले भने, ‘यस शृंखलासँगै नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को अघिल्लो चरणमा प्रवेश गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

यस्तै, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले विगतका कमिकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु । विगतको कमिकमजोरीलाई सुधार्दै राम्रो प्रदर्शन गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री गहतराजले भने, ‘अहिले यो अवस्थामा एभरेष्ट प्रिमियर लिग (इपिएल) को विषयमा केही नसम्झियौं ।’

बिदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अमेरिका जानुभन्दा त्यहाँको प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

‘यो शृंखला हाम्रो लागि निकै महत्वपूर्ण छ । अमेरिका जानुभन्दा त्यहाँ गर्ने प्रदर्शन मुख्य उपलब्धी हो,’ सन्दीपले भने, ‘लिग २ अब हामीले २४ खेल खेल्न बाँकी छ र अहिले टिम पनि सन्तुलित छ । लिग २ मा धेरैभन्दा धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहन्छौं ।’

यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिम सन्तुलित रहेको र लिगको चौथो स्थानमा उक्लिने आफूहरुको लक्ष्य भएको बताए ।

‘अमेरिका भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ । यसैका लागि हामीले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेका छौं', दासानायकेले भने, 'टिममा युवा प्रतिभा राम्रो छ । टिम सन्तुलित छ र शृंखलासँगै लिगको चौथो वा पाँचौ स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो