चैत्र १८, २०८२ बुधबार | ०८:५८:१९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

पञ्जावले बैंगलोरलाई हरायो

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा पञ्जाव किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले पराजित गरेको छ ।

पञ्जावले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएकाे बैंगलोरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रनमात्र बनाउन सक्यो ।

बैंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । यस्तै, रजत पटिडरले २६, विराट कोहलीले २० सँगै दीनेश कार्तिक र हर्शल पटेलले समान ११ रन बनाए ।

पञ्जावका कगिसो रबाडाले तीन विकेट लिए । यस्तै, ऋषी धवन र राहुल चहरले समान दुई विकेट लिँदा हर्पित ब्रार र अर्शदीप सिंहले एक एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय नौ रनको योगफल तयार गरेको थियो ।

पञ्जावका लियस लिभिंस्टोन र ओपनर जोनी बेरेस्टोले अर्धसतकीय इनिङ खेलेका थिए । लिभिंस्टोनले ४२ बलमा सर्वाधिक ७० रन बनाउदा बेरेस्टोले २९ बलमा ६६ रन बनाएका थिए । यसबाहेक, शिखर धवनले २१ र कप्तान मयंक अग्रवालले १९ रन जोडेका थिए ।

बैंगलोरका हर्शल पटेलले सर्वाधिक चार विकेट लिए । यस्तै, वनिन्दु हसरंगाले दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र सहवाज अहमेदले समान एक विकेट लिए ।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यस्तै, १३ खेलबाट १४ अंक जोडेको बैंगलोर चौथो स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो