क्यान

१६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, सोमपाल र विनोद बाहिरिए

काठमाडौैं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायरका लागि सन्दिप लामिछानको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । 

क्यानले बिहीबार घोषणा गरेको टोलीमा तीब्र गतिका बलर जितेन्द्र मुखियाले टोलीमा पुनरागमन गर्दा तीब्र गतिका बलर सोमपाल कामी र विकेटकिपर ब्याटर विनोद भण्डारी भने बाहिरिएका छन् ।

 त्यस्तै लोकेश बम र विवेक यादवले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाए ।

ओमानमा फेब्रुअरी १७ बाट सुरु हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा छ ।

नेपाली टोलीः सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी,शरद भेषवाकर,करण केसी, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी,  जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम ।