माघ १५, २०८२ बिहीबार | १८:५९:०९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

१ सय ५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका २ छक्कासहित सर्वाधिक ६५ रन बनाउँदा दिलिप नाथले २३ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिसले हार टार्न सकेन ।

एपिएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेका किशोरले १७ रन खर्चेका थिए । यस्तै, अविनाष बोहरा, अमरसिंह रौटेला र दिपक बोहराले १/१ विकेट लिए ।

एपिएफले पहिलो इनिङमा १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार पारेको थियो ।

दुवै ओपनर दोहोरो अंकमा रन बनाउन नसक्दा खराब सुरुआत गरेको एपिएफले जमेर ब्याटिङ गर्न सकेन । एपिएफका लागि अमरसिंह रौटेलाले १५ बलमा सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बम १५ बलमा २७ रन जोडेर पेभेलियन फर्के ।

यस्तै, सन्दीप जोराले २० बलमा २४ रन बनाउँदा कप्तान शरद भेसावकर १९ रनमा आउट भएका थिए ।

पुलिसका लागि स्पीनरद्वय सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिँदा गुल्शन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १ /१ विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।