चैत्र १६, २०८२ सोमबार | ०९:०६:३४
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

१ सय ५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका २ छक्कासहित सर्वाधिक ६५ रन बनाउँदा दिलिप नाथले २३ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिसले हार टार्न सकेन ।

एपिएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेका किशोरले १७ रन खर्चेका थिए । यस्तै, अविनाष बोहरा, अमरसिंह रौटेला र दिपक बोहराले १/१ विकेट लिए ।

एपिएफले पहिलो इनिङमा १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार पारेको थियो ।

दुवै ओपनर दोहोरो अंकमा रन बनाउन नसक्दा खराब सुरुआत गरेको एपिएफले जमेर ब्याटिङ गर्न सकेन । एपिएफका लागि अमरसिंह रौटेलाले १५ बलमा सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बम १५ बलमा २७ रन जोडेर पेभेलियन फर्के ।

यस्तै, सन्दीप जोराले २० बलमा २४ रन बनाउँदा कप्तान शरद भेसावकर १९ रनमा आउट भएका थिए ।

पुलिसका लागि स्पीनरद्वय सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिँदा गुल्शन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १ /१ विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो