काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार लुम्बिनी प्रदेशविरुद्ध एपिएफ क्लब टस जितेर फिल्डिङमा ओर्लिएको छ ।
मुलपानी क्रिकेट मैदानमा एपिएफ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सरद भेषावकर र लुम्बिनी प्रदेश क्रिष्ण कार्कीको कप्तानीमा खेल्दैछन् ।
प्रतियोगिताको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको एपिएफ अपराजित छ । एपिएफले तीन खेलबाट ६ अंक जोडेको छ ।
यस्तै दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजासहित दुई अंक जोडेको लुम्बिनी भने तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यसअघि भएका खेलमा पुलिसले कर्णालीलाई ८९ रनले र आर्मीले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
