फाल्गुन ३०, २०८२ शनिबार | ०३:३०:४२
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

पिएम कपः लुम्बिनीको पहिलो जित

काठमाडौं । बलिङमा अनिल खरेल र ब्याटिङमा देव खनालकाे उत्कृष्ट प्रदर्शनप्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । लुम्बिनीले बिहीबार प्रदेश २ लाई ४२ रनले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय १९ रनमात्र जोड्न सक्यो ।

प्रदेश २ का विवेक यादवले सर्वाधिक ३६ रन बनाए । उनले २६ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै हरिशंकर झाले १४ तथा मोहम्मद आदिल खान र रुपेश सिंहले समान १३ रन जोडे ।

लुम्बिनीका अनिलले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका अनिलले एक मेडन राख्दै १३ रन खर्चिए । त्यस्तै सिद्धान्त साही, बसिर अहमेद र कृष्ण कार्कीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीका निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६१ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका देवले ३८ बलमा चार चौका र दुई छक्कासहित ५४ रनको अर्धशतकिय इनिङ खेले । त्यस्तै बसिर अहमेद र सन्दीप रजाली समान ३० रन जोडेर पभेलियन फर्कदा सुशान्त थापाले टोलीको खातामा १४ रन थपेका थिए ।

प्रदेश २ का विवेक र रुपेश समान दुई विकेट लिए । त्यस्तै हरिशंकर र महबुब आलमको नाममा एक एक विकेट रह्यो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको लुम्बिनी समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो ।

तीन खेलबाट दुई अंक जोडेको प्रदेश २ भने तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा बागमतीसँग २४ रनले पराजित भएको । प्रदेश २ ले दोस्रो खेलमा भने गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गरेको थियो ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||