माघ १५, २०८२ बिहीबार | १४:२८:२३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पिएम कपः लुम्बिनीको पहिलो जित

काठमाडौं । बलिङमा अनिल खरेल र ब्याटिङमा देव खनालकाे उत्कृष्ट प्रदर्शनप्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । लुम्बिनीले बिहीबार प्रदेश २ लाई ४२ रनले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय १९ रनमात्र जोड्न सक्यो ।

प्रदेश २ का विवेक यादवले सर्वाधिक ३६ रन बनाए । उनले २६ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै हरिशंकर झाले १४ तथा मोहम्मद आदिल खान र रुपेश सिंहले समान १३ रन जोडे ।

लुम्बिनीका अनिलले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका अनिलले एक मेडन राख्दै १३ रन खर्चिए । त्यस्तै सिद्धान्त साही, बसिर अहमेद र कृष्ण कार्कीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीका निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६१ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका देवले ३८ बलमा चार चौका र दुई छक्कासहित ५४ रनको अर्धशतकिय इनिङ खेले । त्यस्तै बसिर अहमेद र सन्दीप रजाली समान ३० रन जोडेर पभेलियन फर्कदा सुशान्त थापाले टोलीको खातामा १४ रन थपेका थिए ।

प्रदेश २ का विवेक र रुपेश समान दुई विकेट लिए । त्यस्तै हरिशंकर र महबुब आलमको नाममा एक एक विकेट रह्यो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको लुम्बिनी समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनी पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो ।

तीन खेलबाट दुई अंक जोडेको प्रदेश २ भने तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा बागमतीसँग २४ रनले पराजित भएको । प्रदेश २ ले दोस्रो खेलमा भने गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।