चैत्र ६, २०८२ शुक्रबार | ११:१६:३९
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

पिएम कप: बमको विस्फोटक इनिङ, तीन खेलाडीले लिए चार विकेट

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रियक क्रिकेट प्रतियोगिताको दोस्रो दिन एपिएफका लोकेश बमको अर्धशतकीय इनिङ हेर्न लायक रह्यो । त्रिवि क्रिकेट मैदान बागमतीविरुद्ध २४ बलमा १० चौका र एक छक्का प्रहार गर्दै बमले आक्रामक अर्धशतक बनाए ।

यसबाहेक मंगलबार मुलपानी र त्रिवि क्रिकेट मैदानमा भएका चार खेलमा नेपाल पुलिस क्बल, एपिएफ, प्रदेश २ र कर्णाली प्रदेशले जित निकाले । यस्तै, विभागीय क्लब त्रिभुवन आर्मी, प्रदेश १, गण्डकी र बागमतीका लागि आजको दिन सुखद् रहेन ।

त्रिविमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले आर्मीविरुद्ध चार विकेटको जित निकाल्यो । आर्मीले दिएको एक सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा ब्याटिङमा कुशल भुर्तेलले सर्वाधिक ३५ रन र बलिङमा करण केसीले चार विकेट लिए ।

त्यस्तै, सोही समयमा मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले पराजित गर्यो । कर्णाली प्रदेशले दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७.५ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्रै बनाउन सक्यो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले ३६ र अनुज चुनाराले चार विकेट लिएका थिए । त्रिविमा सम्पन्न दोस्रो खेलमा एपिएफले बागमतीलाई सात विकेटले हरायो । बागमतीले दिएको एक सय २६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

लगातार दोस्रो जित निकाल्दा एपिएफबाट अविनाश बोहरा र लोकेश बमको प्रदर्शन उत्कृष्ट रह्यो । अविनाशले चार विकेट हात पार्दा लोकेशले ५० रनको अर्धशतकीय इनिङ खेले ।

यता, मुलपानीमा प्रदेश २ ले गण्डकी प्रदेशमाथि दुई विकेटको जित निकाल्यो । गण्डकीले प्रस्तुत गरेको एक सय १७ रनको लक्ष्य प्रदेश २ ले आठ विकेट गुमाएर भेट्टाएको थियो ।

प्रदेश दुईका कप्तान हासिम अन्सारीले २६ रन बनाउँदा आदिल आलमले दुई विकेट लिए । प्रतियोगितामा मंगलबार गण्डकी र प्रदेश १ ले पहिलो खेल खेलेका हुन् ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित सहभागी १० टोली दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा नेपाल पुलिस, आर्मी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ छन् । समूह ‘बी’ मा एपिएफ, बागमती, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश छन् ।

मंगलबारको खेलसँगै समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । त्यस्तै समूह ‘बी’ बाट दुई खेलबाट चार अंक जोडेको  एपिएफ शीर्ष स्थानमा छ ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पाँच गते हुनेछ ।

तीन खेलाडीले लिए चार विकेट, एक अर्धशतक

प्रतियोगिताको दोस्रो दिन तीन खेलाडीले चार विकेट लिए । एपिएफका अविनाश बोहरा, कर्णालीका अनुज चुनारा र पुलिसका करण केसीले चार विकेट हात पारे । प्रतियोगिताको दोस्रो दिन एकमात्र अर्धशतक एपिएफका लोकेश बमले प्रहार गरे । आक्रामक ब्याटिङ गरेका बमले २४ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो