माघ १५, २०८२ बिहीबार | ०८:१५:३७
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

पिएम कप: बमको विस्फोटक इनिङ, तीन खेलाडीले लिए चार विकेट

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रियक क्रिकेट प्रतियोगिताको दोस्रो दिन एपिएफका लोकेश बमको अर्धशतकीय इनिङ हेर्न लायक रह्यो । त्रिवि क्रिकेट मैदान बागमतीविरुद्ध २४ बलमा १० चौका र एक छक्का प्रहार गर्दै बमले आक्रामक अर्धशतक बनाए ।

यसबाहेक मंगलबार मुलपानी र त्रिवि क्रिकेट मैदानमा भएका चार खेलमा नेपाल पुलिस क्बल, एपिएफ, प्रदेश २ र कर्णाली प्रदेशले जित निकाले । यस्तै, विभागीय क्लब त्रिभुवन आर्मी, प्रदेश १, गण्डकी र बागमतीका लागि आजको दिन सुखद् रहेन ।

त्रिविमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले आर्मीविरुद्ध चार विकेटको जित निकाल्यो । आर्मीले दिएको एक सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा ब्याटिङमा कुशल भुर्तेलले सर्वाधिक ३५ रन र बलिङमा करण केसीले चार विकेट लिए ।

त्यस्तै, सोही समयमा मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले पराजित गर्यो । कर्णाली प्रदेशले दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७.५ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्रै बनाउन सक्यो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले ३६ र अनुज चुनाराले चार विकेट लिएका थिए । त्रिविमा सम्पन्न दोस्रो खेलमा एपिएफले बागमतीलाई सात विकेटले हरायो । बागमतीले दिएको एक सय २६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

लगातार दोस्रो जित निकाल्दा एपिएफबाट अविनाश बोहरा र लोकेश बमको प्रदर्शन उत्कृष्ट रह्यो । अविनाशले चार विकेट हात पार्दा लोकेशले ५० रनको अर्धशतकीय इनिङ खेले ।

यता, मुलपानीमा प्रदेश २ ले गण्डकी प्रदेशमाथि दुई विकेटको जित निकाल्यो । गण्डकीले प्रस्तुत गरेको एक सय १७ रनको लक्ष्य प्रदेश २ ले आठ विकेट गुमाएर भेट्टाएको थियो ।

प्रदेश दुईका कप्तान हासिम अन्सारीले २६ रन बनाउँदा आदिल आलमले दुई विकेट लिए । प्रतियोगितामा मंगलबार गण्डकी र प्रदेश १ ले पहिलो खेल खेलेका हुन् ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित सहभागी १० टोली दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा नेपाल पुलिस, आर्मी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ छन् । समूह ‘बी’ मा एपिएफ, बागमती, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश छन् ।

मंगलबारको खेलसँगै समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । त्यस्तै समूह ‘बी’ बाट दुई खेलबाट चार अंक जोडेको  एपिएफ शीर्ष स्थानमा छ ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पाँच गते हुनेछ ।

तीन खेलाडीले लिए चार विकेट, एक अर्धशतक

प्रतियोगिताको दोस्रो दिन तीन खेलाडीले चार विकेट लिए । एपिएफका अविनाश बोहरा, कर्णालीका अनुज चुनारा र पुलिसका करण केसीले चार विकेट हात पारे । प्रतियोगिताको दोस्रो दिन एकमात्र अर्धशतक एपिएफका लोकेश बमले प्रहार गरे । आक्रामक ब्याटिङ गरेका बमले २४ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।