चैत्र १८, २०८२ बुधबार | ०९:१९:१५
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

पिएम कप: बागमतीमाथि एपिएफको फराकिलो जित

काठमाडौं । बलिङमा अविनाश बोहरा र ब्याटिङतर्फ लोकेश बम उत्कृष्ट प्रदर्शनप्रेरित एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार त्रिवि क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो ।

बागमतीले दिएको एक सय २६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । एपिएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । सुरुआतदेखि नै आक्रामक शैलीमा ब्याटिङ गरेका लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

एपिएफका ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रन जोडेर पभेलियन फर्किए । बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर इशान पाण्डे र सुवास खकुरेलले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै इनिङको राम्रो सुरुआत दिएका थिए ।

इशान २४ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाएर आउट भए । सुवास १८ बलमा तीन चौकासहित २१ रन जोडेर पभेलियन फर्किए ।

यस्तै नन्दन यादवले २४ र आदिल खानले १८ रन जोडेका थिए । एपिएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र सरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको एपिएफ समूह ‘बी’ शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो