माघ १८, २०८२ आइतबार | १०:५३:२८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पिएम कप: बागमतीमाथि एपिएफको फराकिलो जित

काठमाडौं । बलिङमा अविनाश बोहरा र ब्याटिङतर्फ लोकेश बम उत्कृष्ट प्रदर्शनप्रेरित एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार त्रिवि क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो ।

बागमतीले दिएको एक सय २६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । एपिएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । सुरुआतदेखि नै आक्रामक शैलीमा ब्याटिङ गरेका लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

एपिएफका ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रन जोडेर पभेलियन फर्किए । बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर इशान पाण्डे र सुवास खकुरेलले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै इनिङको राम्रो सुरुआत दिएका थिए ।

इशान २४ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाएर आउट भए । सुवास १८ बलमा तीन चौकासहित २१ रन जोडेर पभेलियन फर्किए ।

यस्तै नन्दन यादवले २४ र आदिल खानले १८ रन जोडेका थिए । एपिएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र सरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको एपिएफ समूह ‘बी’ शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।