माघ १५, २०८२ बिहीबार | ०९:०८:३८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पिएम कप: प्रदेश २ को पहिलो जित

काठमाडौं । गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेसँगै प्रदेश २ ले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले  १ सय १६ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । प्रदेश २ सोमबार भएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो । गण्डकीको भने प्रतियोगितामा यो पहिलो खेल हो ।

प्रदेश २ का लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाए । प्रदेश २ का लागि २७ बलको सामना गरेका  दुई चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७, हरिशंकर झाले १२ र विवेक यादवले १० रन जोडे ।

यसअघि पहिलो इनिङमा गण्डकी प्रदेशका अर्जुन कुमालले ३९ बलमा ६ चौका मद्दतमा ४१ रनको जोड्दा सन्दीप क्षेत्रीले  २४ बल खेल्दै दुई चौका र एक छक्का मद्दतमा २७ रन जोडे । कप्तान विपिन खत्री र अनिल गुरुङ समान १० रन बनाएर पभेलियन फर्के ।

प्रदेश दुईका मोहम्मद आदिल आलमले दुई तथा विकेक यादब,हरिशंकर शाह र जितेन्द्र यादवले समान एक विकेट लिएका थिए ।

प्रदेश दुईलाई गण्डकीको एक सय १७ रनको लक्ष्य


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।