चैत्र ८, २०८२ आइतबार | ००:२५:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रदेश दुईलाई गण्डकीको एक सय १७ रनको लक्ष्य

काठमडौं । प्रधानमन्त्री कप ट्वान्टी२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश दुई सामु गण्डकी प्रदेशले एक सय १७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले निर्धारित २० ओभरमा एक सय १६ रनको योगफल तयार पारेको थियो ।

टस जितेर ब्याटिङका लागि आएको गण्डकीले सुखद सुरुआत गर्न सकेन । २० रन जोड्दा गण्डकीले अनिल गुरुङलाई पहिलो विकेटको रुपमा गुमायो । अनिलले १० रन मात्र जोडे । त्यसपछि ब्याटिङका लागि आएका विधान श्रेष्ठ र अभिषेकले पनि सम्हालिएको प्रदर्शन गर्न सकेनन् । विधान पाँच र अभिषेक मात्र तीन रनमा आउट भए । 

४४-३ को स्थितीमा रहेको गण्डकीको इनिङ चौथो विकेटका लागि अर्जुन कुमाल र सन्दिप क्षेत्रीले ५४ रनको साझेदारी गर्दै उकासेका थिए । 

कुमालले ३९ बलमा ६ चौका मद्दतमा ४१ रनको जोड्दा सन्दिपले २४ बल खेल्दै दुई चौका र एक छक्का मद्दतमा २७ रन जोडे ।
त्यस्तै कप्तान विपिन खत्रीले १० रन जोडे ।

प्रदेश दुईका मोहम्मद आदिल आलमले दुई तथा विकेक यादब,हरिशंकर शाह र जितेन्द्र यादवले समान एक विकेट लिए ।

प्रदेश दुई सोमबार पहिलो खेलमा बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो । गण्डकीको भने प्रतियोगितामा यो पहिलो खेल हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो