माघ १८, २०८२ आइतबार | ११:०९:४०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पिएम कप: क्यानको लापर्बाहीले आर्मी १० खेलाडी लिएर मैदानमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक नेपाल क्रिकेट संघ (क्यान)को लापर्बाहीका कारण त्रिभुवन आर्मी क्लबले १० खेलाडी लिएर पहिलो खेल खेलेको छ ।

 सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै आयोजकको लापर्बाही सतहमा आएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा आयोजक र सहभागी टोलीको लापर्बाहीका कारण त्रिभुवन आर्मी क्लबले १० जना मात्रै खेलाडी खेलाउन पायो ।

एक दिनमा चार खेल खेलाएर झारा टार्ने शैलीमा आयोजना भइरहेको प्रतियोगिताको खेलमासमेत कति लापर्बाही छ भन्ने यसबाट प्रष्ट भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध आर्मीले ११ जना खेलाडीको नाम टसमा लिएर गएको थियो ।

बाग्मति प्रदेशबाट आर्मीमा आवद्ध भएका सोनु तामाङलाई आर्मीले सुरुआती ११ मा राखेको थियो । तर, काठमाडौं जिल्लाबाट खेलेको ६ महिना नभएकाले उनलाई खेलाउन रिलिज लेटर आवश्यक हुने थियो । बागमतीले रिलिज नदिएका खेलाडीलाई आर्मीले खेलाउन खोजेको थियो । तर, सोनुले खेल्न नपाउने भएपछि आर्मीका १० जनाले मात्रै ब्याटिङ गरे ।

यस्तै, फिल्डिङमा पनि १० जना खेलाडी उत्रिएका थिए । पावर प्लेमा  १० खेलाडीमध्ये तीन खेलाडी मात्रै ३० यार्ड घेराभित्र बसेका थिए ।

यसबारे क्यानका क्रिकेट म्यानेजर विनोद दास आर्मीले रिलिज लेटर नै नभएका खेलाडीलाई फिल्डमा उतारेकाले म्याच रेफ्रीले खेल्न नदिएको बताए ।

‘खेलाडी दर्ताका लागि टिम स्क्वाडमा नाम थियो, तर काठमाडौं जिल्लाबाट खेलेकाले रिलिज लेटर मागका थियौं,’ उनले खेलाडीसँग भने, ‘समयमा रिलिज लेटर नआएकाले उनले खेल्न नपाउँदा आर्मी १० जनामा सीमित भएर खेल्नु पर्यो ।’

तर, आर्मीका कप्तान विनोद भण्डारी पनि रिलिज लेटर नआएको कारण सोनुले खेल्न नपाएको बताए ।

‘रिलिज लेटर नभएकोले सोनुले खेल्न पाएन, हामी १० जना मात्रै खेल्नु पर्यौ,’ उनले भने, ‘हामीलाई रिलिज लेटर छ जस्तो लागेको थियो... फेरि उता (क्यान)बाट पनि जानकारी भएन । टसको बेलामा म्याच रेफ्रीले भनिदिएको भए पनि हुने थियो... हामीबाट पनि गल्ती भयो, उताबाट पनि भयो...’

आयोजना गर्नभन्दा प्रतियोगिता सिध्याउन हतारमा देखिएको क्यानले नै आयोजना गरेको प्रतियोगितामा देखिएको यो लापर्बाहीबाट जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति उदाङ्गो भएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।