चैत्र १४, २०८२ शनिबार | ११:४७:५१
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

पिएम कप: क्यानको लापर्बाहीले आर्मी १० खेलाडी लिएर मैदानमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक नेपाल क्रिकेट संघ (क्यान)को लापर्बाहीका कारण त्रिभुवन आर्मी क्लबले १० खेलाडी लिएर पहिलो खेल खेलेको छ ।

 सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै आयोजकको लापर्बाही सतहमा आएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा आयोजक र सहभागी टोलीको लापर्बाहीका कारण त्रिभुवन आर्मी क्लबले १० जना मात्रै खेलाडी खेलाउन पायो ।

एक दिनमा चार खेल खेलाएर झारा टार्ने शैलीमा आयोजना भइरहेको प्रतियोगिताको खेलमासमेत कति लापर्बाही छ भन्ने यसबाट प्रष्ट भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध आर्मीले ११ जना खेलाडीको नाम टसमा लिएर गएको थियो ।

बाग्मति प्रदेशबाट आर्मीमा आवद्ध भएका सोनु तामाङलाई आर्मीले सुरुआती ११ मा राखेको थियो । तर, काठमाडौं जिल्लाबाट खेलेको ६ महिना नभएकाले उनलाई खेलाउन रिलिज लेटर आवश्यक हुने थियो । बागमतीले रिलिज नदिएका खेलाडीलाई आर्मीले खेलाउन खोजेको थियो । तर, सोनुले खेल्न नपाउने भएपछि आर्मीका १० जनाले मात्रै ब्याटिङ गरे ।

यस्तै, फिल्डिङमा पनि १० जना खेलाडी उत्रिएका थिए । पावर प्लेमा  १० खेलाडीमध्ये तीन खेलाडी मात्रै ३० यार्ड घेराभित्र बसेका थिए ।

यसबारे क्यानका क्रिकेट म्यानेजर विनोद दास आर्मीले रिलिज लेटर नै नभएका खेलाडीलाई फिल्डमा उतारेकाले म्याच रेफ्रीले खेल्न नदिएको बताए ।

‘खेलाडी दर्ताका लागि टिम स्क्वाडमा नाम थियो, तर काठमाडौं जिल्लाबाट खेलेकाले रिलिज लेटर मागका थियौं,’ उनले खेलाडीसँग भने, ‘समयमा रिलिज लेटर नआएकाले उनले खेल्न नपाउँदा आर्मी १० जनामा सीमित भएर खेल्नु पर्यो ।’

तर, आर्मीका कप्तान विनोद भण्डारी पनि रिलिज लेटर नआएको कारण सोनुले खेल्न नपाएको बताए ।

‘रिलिज लेटर नभएकोले सोनुले खेल्न पाएन, हामी १० जना मात्रै खेल्नु पर्यौ,’ उनले भने, ‘हामीलाई रिलिज लेटर छ जस्तो लागेको थियो... फेरि उता (क्यान)बाट पनि जानकारी भएन । टसको बेलामा म्याच रेफ्रीले भनिदिएको भए पनि हुने थियो... हामीबाट पनि गल्ती भयो, उताबाट पनि भयो...’

आयोजना गर्नभन्दा प्रतियोगिता सिध्याउन हतारमा देखिएको क्यानले नै आयोजना गरेको प्रतियोगितामा देखिएको यो लापर्बाहीबाट जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति उदाङ्गो भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो