मंसिर २, २०८२ मंगलबार | १६:३२:१५
विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा विराटनगरविरुद्ध पहिले बलिङ गर्दै पोखरा भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा

भोपाराको आक्रामक अर्धसतकको छायाँमा पञ्चालको ९० रनः कर्णालीमाथि चितवनको शानदार जित

काठमाडौं । ओपनर दीपक बोहराले बनाएको राम्रो आधारमा विदेशी खेलाडीद्धय रवि भोपारा र सैफ जाइबले दमदार इट्टा थपेपछि मंगलबार चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको जितका साथ नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको दमदार सुरुआत गरेको छ ।

अघिल्लो सिजन कर्णालीसँग दुई पटकसम्म भोगेको हारको मिठो बदला लिने क्रममा चितवनले १६७ रनको लक्ष्य ७ बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्यो ।

ओपनर बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाएका थिए । उनका ओपनिङ पार्टनर डेविड मालान ६ तथा देव खनाल २ रनमै आउट भए पनि इनिङ सम्हाल्ने क्रममा उनले तेस्रो विकेटका लागि इङ्लिस ब्याटर भोपारासँग ३८ रनको साझेदारी गरे ।

आक्रामक ब्याटिङ गर्दै भोपाराले अविजित अर्धसतक बनाउँदा ३५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यसैगरी इङ्ल्यान्डकै जाइबले भने १६ बलमा २ चौका र ४ छक्कासहित २८ रन बनाएर पवेलियन फर्किए ।

कुल २२ रन बनाएका भोपाराले चौथो विकेटका लागि कप्तान कुशल मल्लसँग ३४ रनको साझेदारी गरे । कुशलले १५ बलमा २ छक्कासहित २० रन बनाएका थिए । यसैगरी उनले पाँचौं विकेटका लागि जाइबसँग ५२ रन थपे । अर्जुन साउद २ रनमा अविजित रहे ।

कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा युनिस सिंह र युवराज खत्रीले एक/एक विकेटमा नाम लेखाए ।

यसअघि भारतीय ओपनर प्रियान्क पन्चालको सानदार पारी र अन्तिम ओभरमा पवन शर्राफको आक्रमक ब्याटिङप्रेरित कर्णाली याक्सले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

एनपिएल खेलको पहिलो अनुभव लिइरहेका पन्चालले ४८ बलमा सात चौका र ६ छक्कासहित ९० रनको सानदार पारी खेले । पवनले १६ बलमा एक चौका र तीन छक्काको मद्धतमा २७ रन बनाए ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि अर्का ओपनर म्याक्स ओ’डाउडले २० रन बनाएका थिए । डाउडले पहिलो विकेटका लागि पन्चालसँग ६१ रनको साझेदारी गरेका थिए । यसबाहेक मार्क वाटले १६ रन बनाउँदा निजीबुल्ला जाद्रान चार रनमा अविजित रहे ।

चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवी भोपाराले समान एक विकेट लिएका थिए ।

ब्याटिङ पावरप्लेमा ५१ रन जोडेको कर्णालीले १४औं ओभरको पाँचौं बलमा कर्णालीले एक सय रन पूरा गर्यो । यसबीच ओ’डाउड नवौं ओभरको पाँचौं बलमा सेफ जैबबाट बोल्ड भएका थिए । त्यसपछि पन्चालले मार्क वाटसँग मिलेर ६३ रनको साझेदारी गरे ।

१६औं ओभरको चौथो बलमा रवी भोपाराले पन्चाललाई पवेलियनको बाटो देखाउँदै चितवनलाई ब्रेक थ्रू दिलाए ।  पन्चाल लङ अनमा देव खनालबाट क्याच भएका थिए । त्यसपछि आएका पवनले वाटसँग मिलेर कर्णालीको पारी उकासे ।

१९औं ओभरको अन्तिम दुई बलमा पवन शर्राफले लगातार छक्का प्रहार गर्दै कर्णालीलाई राम्रो योगफलततर्फ डोहोर्याएका हुन् । त्यसपछि इनिङ्सको अन्तिम बलमा उनले पुनः छक्का प्रहार गरेपछि कर्णालीले १६६ रनको योगफल खडा गरेको हो । १९औं ओभरको दोस्रो बलमा वाट सोहेल तनवीरको शिकार बनेका थिए । उनी रिजन ढकालबाट क्याच भएका थिए ।


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’