काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सामाओका कप्तान केलेब जासमतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुनेछ ।
नेपालले अन्तिम खेलमा तीन खेलाडीलाई आराम दिएको छ । मुख्य प्रशिक्षक कुशल मल्ल, सोमपाल कामी र मोहम्मद आदिल आलमको स्थानमा आरिफ शेख, करण केसी र ललितनारायाण राजवंशीलाई मौका दिएका छन् ।
विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ ।
नेपाली टोली
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी