काठमाडौं । नेपाली राष्ट्रिय यु–१६ क्रिकेट टोलीका स्पिनर युवराज खत्रीले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण खेल्ने भएका छन् ।
शनिबार ललितपुरस्थित रोयल ट्युपिलमा जारी अक्सनमा युवराज लक्की ड्रमार्फत उच्चतम मुल्य १० लाखमा कर्णालीमा आबद्ध भएका हुन् ।
क्याटोगोरी ‘बी’मा रहेका युवराजलाई पाँच टोलीले बोली लगाएका थिए ।
युवराजलाई भित्र्याएसँगै कर्णालीको टिम पूरा भएको छ । चार खेलाडी अनुबन्ध गर्न पाउनेमा कर्णालीले यसअघि क्याटोगोरी ‘ए’का पवन सराफ र ‘सी’बाट दीपक डुम्रे र इम्रान शेखलाई भित्र्याएको थियो ।
कर्णाली जारी अक्सनमा टिम पूरा गर्ने दोस्रो टोली हो । आठ फ्रेन्चाइज टोलीमध्ये काठमाडौंले यसअघि नै आफ्नो टिम पूरा गरिसकेको छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?