काठमाडौं । क्रिकेटर अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।
विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेलिरहेका ३१ वर्षीय अमितले बुधबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जानकारी गराएका छन् ।
यु-१९ टिमको जर्सी लगाएर नेपालको प्रतिनिधित्व गर्ने सपना पूरा गर्न पाउनु आफ्नो लागि सुखद रहेको उनले बताएका छन् ।
अमितले घरेलु प्रतियोगिता खेल्ने बताएका छन् । अमितले सन् २०१३ मा एसिसी यु-१९ इलाइट कप र एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । तर डेढ दशक क्रिकेट खेल्दा उनले सिनियर राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएनन् ।
अमितले फ्रेन्चाइज क्रिकेटमा नेपाल प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
