काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को गर्ने भएको छ ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको भए पनि अब यु-१९ का तीन खेलाडी थप गरि ५२ खेलाडी पुर्याइएको छ । नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव टोलीमा थपिएका छन् ।
क्यानले यी खेलाडीलाई निलाे, हरियाे, रातो र पहेंलो गरि चार समूहमा विभाजन गरिएको छ। प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाडीबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ जसबाट अन्तिम टोली छनोट प्रक्रिया अगाडि बढाइनेछ।
आउँदो अप्रिल २६ देखि मे ३ सम्म मुलपानीका दुवै क्रिकेट मैदानमा यो क्याम्प हुनेछ ।
निलो टिम: रोहित कुमार पौडेल (कप्तान), गुलशन कुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्लदेव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल, युवराज खत्री
हरियो टिमः आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान, सन्तोष यादव
रातो टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद ९विकेटकिपर०, तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द, नरेन भट्ट
पहेंलो टिमः दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थापालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल, दीपेन्द्र रावत