काठमाडौं । शार्दुल ठाकुर, मिचल मार्स र निकोलस पुरनको उत्कृष्ट प्रदर्शनप्रेरित लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा लखनउले पाँच विकेट गुमाउँदै १६.१ ओभरमा जित निकालेको हो ।
लखनल पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग १ विकेटले पराजित भएको थियो । यता, हैदरावादको दोस्रो पहिलो हार हो । यसअघि पहिलो खेलमा राजस्थान रोयल्सलाई २२ रनले हराएको थियो । दुबै टोलीले समान दुई अंक छ ।
लखनउको जितमा दुई खेलाडीले अर्धसतक बनाए । निकोलास पुरनले २६ बलमा आक्रमक ब्याटिङ गर्दै समान ६ चौका र छक्कासहित सर्वाधिक ७० रन बनाए । ओपनर मिचल मार्सले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाएका हुन् । ऐडन मारक्रम १.३ ओभरमा आउट भएपछि मार्स र पुरनबीच ८.४ ओभरसम्म ११६ रनको बलियो साझेदारी भएको हो । हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादको लागि कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेनन् । ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६, नितिश कुमार रेडीले ३२ र हेनरिक क्लासेनले २६ रनको योगदान गरेका थिए ।
ठाकुरले ४ ओभरमा ३४ रन खर्चिदै सर्वाधिक ४ विकेट लिएका थिए ।