माघ १८, २०८२ आइतबार | ११:२८:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार लखनउ सुपर जायन्ट्सविरुद्ध मैदान उत्रिँदा सनराइजर्स हैदराबाद लगातार दोस्रो जितको लक्ष्यमा हुने ।

खेल हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् ।

पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गरेको थियो । प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबाद अभिषेक शर्मा, ट्रभिस हेड, इशान किशन, हर्षल पटेलजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

पहिलो खेलमा इशानले अविजित १०६ र हेडले ६७ रन बनाएका थिए । यस्तै हर्षलको नाममा दुई विकेट थियो ।

यता ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ पहिलो जितको खोजिमा छ । पहिलो खेलमा टोलीले दिल्लीसँग एक विकेटको हार बेहोरेको थियो । 

लखनउलाई निकोलस पुरन, मिचेल मार्स, शार्दुल ठाकुर रवि विश्नोईजस्ता खेलाडीको साथ रहनेछ । दिल्लीविरुद्ध पुरनले ७५ र मार्शले ७२ रन बनाएका थिए । शार्दुल र रविले दुई विकेट हात पारेका थिए ।

आइपिएलमा हालसम्म यी दुई टोलीबीच चार खेल भएको छ । जसमा लखनउले तीन र हैदराबादले एक जित निकालेका छन् ।

गत संस्करणमा हैदराबादले १० विकेटको सानदार जित दर्ता गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।