माघ १५, २०८२ बिहीबार | ११:४५:५५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत

काठमाडौं । इशान किशनको शतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार सुरुआत गरेको छ ।

आइतबार राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गर्यो ।

हैदराबादे प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याएको राजस्ताथनले २० ओभर नै ब्याटिङ गर्दै ६ विकेट गुमाएर २४२ रन बनायो ।

राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६, सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ र नितेश राणाले ११ रन बनाए ।

चौथो विकेटका लागि धुव्र र सन्जुरी १११ तथा छैटौं विकेटका लागि सिम्रन र शुभमले ८० रनको साझेदारी गरे ।

हैदराबादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई तथा मोहम्मद शामी र एडम जाम्पाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि इशान किशनले ४७ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १०६ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा ९ चौका र तीन छक्कासहित ६७, हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।

इशानले दोस्रो विकेटका लागि ट्रभिससँग ८५, तेस्रो विकेटका लागि नितिशसँग ७२ तथा चौथो विकेटका लागि हेनरिकसँग ५६ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि तुषार देशपाण्डेले तीन, महेश तिक्क्षणाले दुई र सन्दीप शर्माले एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।