चैत्र १८, २०८२ बुधबार | ०७:४४:५८
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

एपिएफको जितमा आसिफको उत्कृष्ट प्रदर्शन

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित दर्ता गरेको छ ।

आइतबार भैरहवाको एक्ट्राटेक ओभलमा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्यो ।

जितसँगै सात खेलमा १० अंक जोडेको एपिएफ तेस्रो स्थानमा छ । पराजित गण्डकी आठ खेलबाट दुई अंकका साथ पुछारमा छ ।

एपिएफले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २२७ रन मात्रै बनाउन सक्यो । 

गण्डकीका लागि अर्जुन कुमालले ३९, दिनेश बुढामगरले ३४, सुदीप अर्यालले अविजित २५, अमृत गुरुङले २३, कप्तान विपिन खत्रीले १४ तथा समीर कँडेल र कमल परियारले समान १३ रन बनाए ।

एपिएफका लागि अभिषेक गौतमले तीन, अमरसिंह राउटेलाले दुई तथा किशोर महतो, भुवन कार्की र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २५८ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि आसिफ शेखले ७४ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी लोकेश बमले ४६, सुमित महर्जनले ३१, कमलसिंह ऐरीले २५, अमरसिंह राउटेलाले २४, भुवन कार्कीले १५ र दीपक बोहराले ११ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र लोकेशले १२५ रनको साझेदारी गरेका थिए । गण्डकीका लागि सन्दीप पराजुली र सुदीप अर्यालले समान तीन, कमल परियारले दुई तथा चन्द्र पौडेलले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो