चैत्र १३, २०८२ शुक्रबार | ००:१८:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्युजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको शृंखला

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्धको अन्तार्राष्ट्रिय ट्वान्टी-२० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आइतबार माउन्ट माउङ्गानुइस्थित बे ओभलमा सम्पन्न चौथो खेलमा न्युजिल्यान्डले ११५ रनको सहज जित दर्ता गर्यो ।

यस जितसँगै न्युजिल्याले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ । यसअघि न्युजिल्यान्ड ८ र पाँच तथा पाकिस्तान ९ विकेटले विजयी भएका थिए ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६.२ ओभरमा १०५ रनमै समेटियो । 

पाकिस्तानका लागि अब्दुल समादले अविजित ४४ र इरफान खानले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि जाकोब डफीले चार, जेक्यारी फाउल्क्सले तीन तथा विल ओ’रोर्क, जेक्स निशम र इश सोधीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो । 

न्युजिल्यान्डका लागि फिन एलनले २० बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान माइकल ब्रेसवेलले अविजित ४६, टिम सिफर्टले ४४, ड्यारिल मिचेलले २९ र मार्क च्याम्पम्यानले २४ रन बनाए । 

पहिलो विकेटका लागि एनल र सिर्फटले ५९ तथा पाँचौं विकेटका लागि ब्रेसवेल र मिचेलले ५६ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि ह्यारिस रौफले तीन, अबरार अहमदले दुई र अब्बास अफ्रिदीले एक विकेट लिए ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो