चैत्र १२, २०८२ बिहीबार | १७:५५:१०
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

बसिरको उत्कृष्ट प्रदर्शनमा आर्मीको सहज जित

काठमाडौं । बसिर अमहमको अर्धशतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ  ।

जितसँगै आठ खेलमा १४ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित लुम्बिनी समान खेलबाट आठ अंकका साथ पाँचौं स्थानमा छ ।

सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रनमै समेटियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ३७, मनीष थापा र विप्रसन केसीले समान १३ नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए । 

आर्मीका लागि शाहब आलामले चार, नरेन साउदले दुई तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि बसिरले १०४ बलमा ६ चौकाको मद्तले सर्वाधिक ८६ रनको योगदान गरे । यसैगरी भीम सार्कीले ४४, तृतराज दासले ३१, सोमपाल कामीले २८, कुशल मल्लले १७ र  इम्रान खानले १२ रन बनाए । 

चौथो विकेटका लागि बसिर र भीमले ८१ रनको साझेदारी गरेका थिए । लुम्बिनीका लागि अजय चौहानले चार तथा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो