माघ १७, २०८२ शनिबार | ०९:३२:४८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आर्मी मधेशसँग पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

बुधबार दाङको देउखुरी क्रिकेट मैदानमा आर्मी मधेश प्रदेशसँग तीन विकेटले पराजित भयो । जितसँगै पाँच खेलमा चार अंक जोडेको मधेश छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ६ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ ।

आर्मीले प्रस्तुत गरेको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि कप्तान अनिल साहले ४५, रुपेश सिंहले अविजित ३८, हरिशंकर शाह र पवन सराफले समान ३७, शैलेन्द्र साहले १५, निखिल सिंहले अविजित १४ तथा दिपेश दास र मायन यादवले समान १० रन बनाए  ।

तेस्रो विकेटका लागि अनिल र हरिशंकरले ७० रनको साझेदारी गरे । आर्मीका लागि नरेन साउदले तीन तथा सोमपाल कामी र बसिर अहमदले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि भीम सार्कीले १२६ बलमा चार चौकाको मद्दतले सर्वाधिक ८९ रनको योगदान गरे ।

यसैगरी सन्तोष कार्कीले ३३, कुशल मल्लले अविजित २४, विवेक यादवले १६, तृतराज दासले १४, कप्तान विनोद भण्डारीले ११ र बसिर अहमदले १० रन बनाए ।

दोस्रो विकेटका लागि भीम र सन्तोषले ६५ रनको साझेदारी गरे । मधेशका लागि रुपेश सिंह, कमल गुप्ता र पवन सराफले समान दुई तथा रञ्जित कुमारले एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।