चैत्र ७, २०८२ शनिबार | १८:२६:३५
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

आर्मी मधेशसँग पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

बुधबार दाङको देउखुरी क्रिकेट मैदानमा आर्मी मधेश प्रदेशसँग तीन विकेटले पराजित भयो । जितसँगै पाँच खेलमा चार अंक जोडेको मधेश छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ६ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ ।

आर्मीले प्रस्तुत गरेको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

मधेशका लागि कप्तान अनिल साहले ४५, रुपेश सिंहले अविजित ३८, हरिशंकर शाह र पवन सराफले समान ३७, शैलेन्द्र साहले १५, निखिल सिंहले अविजित १४ तथा दिपेश दास र मायन यादवले समान १० रन बनाए  ।

तेस्रो विकेटका लागि अनिल र हरिशंकरले ७० रनको साझेदारी गरे । आर्मीका लागि नरेन साउदले तीन तथा सोमपाल कामी र बसिर अहमदले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि भीम सार्कीले १२६ बलमा चार चौकाको मद्दतले सर्वाधिक ८९ रनको योगदान गरे ।

यसैगरी सन्तोष कार्कीले ३३, कुशल मल्लले अविजित २४, विवेक यादवले १६, तृतराज दासले १४, कप्तान विनोद भण्डारीले ११ र बसिर अहमदले १० रन बनाए ।

दोस्रो विकेटका लागि भीम र सन्तोषले ६५ रनको साझेदारी गरे । मधेशका लागि रुपेश सिंह, कमल गुप्ता र पवन सराफले समान दुई तथा रञ्जित कुमारले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो