माघ १८, २०८२ आइतबार | २२:५१:०८
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

आर्मीको लगातार चौथो जित, तृतराज दासको शतक

काठमाडौं । तृतराज दासको शतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ ।

शनिबार सिद्धार्थनगर क्रिकेट मैदानमा आर्मीेले कोशी प्रदेशविरुद्ध सात विकेटको जित निकाल्यो । लगातार चौथो जितसँगै आर्मीले आठ अंक जोडेको छ । चारै खेलमा पराजित कोशी अंकविहिन छ ।

कोशीले प्रस्तुत गरेको २३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि तृतराज दासले १३९ बलमा १४ चौका र एक छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे ।

यसैगरी बसिर अहमदले ६२ बलमा ६ चौकाको मद्दतले अविजित ६१, कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाए ।

तृतराजले चौथो विकेटका लागि बसिरसँग अविजित १२० तथा तेस्रो विकेटका लागि विनोदसँग ५३ रनको साझेदारी गरे ।

कोशीका लागि  सन्दीप टुंगाना, भुपाल लुईँटेल र प्रकाश कार्कीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो । कोशीका लागि  शुभन गहतराजले ५७ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।

यसैगरी सोनु अन्सारीले ४४, सुजन थपलियाले ४२, सन्दीप टुंगानाले २१, फिरदोस अन्सारीले १६ र चिराग साहले १४ रन बनाए । चौथो विकेटका लागि सोनु र सुजनले ९२ रनको साझेदारी गरे ।

आर्मीका लागि सोमपाल कामीले चार, आकाश चन्द र शहाब आलमले समान दुई तथा कुशल मल्लले एक विकेट लिए  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।