चैत्र १८, २०८२ बुधबार | ०८:०३:२९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

आर्मीको लगातार चौथो जित, तृतराज दासको शतक

काठमाडौं । तृतराज दासको शतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ ।

शनिबार सिद्धार्थनगर क्रिकेट मैदानमा आर्मीेले कोशी प्रदेशविरुद्ध सात विकेटको जित निकाल्यो । लगातार चौथो जितसँगै आर्मीले आठ अंक जोडेको छ । चारै खेलमा पराजित कोशी अंकविहिन छ ।

कोशीले प्रस्तुत गरेको २३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि तृतराज दासले १३९ बलमा १४ चौका र एक छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे ।

यसैगरी बसिर अहमदले ६२ बलमा ६ चौकाको मद्दतले अविजित ६१, कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाए ।

तृतराजले चौथो विकेटका लागि बसिरसँग अविजित १२० तथा तेस्रो विकेटका लागि विनोदसँग ५३ रनको साझेदारी गरे ।

कोशीका लागि  सन्दीप टुंगाना, भुपाल लुईँटेल र प्रकाश कार्कीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो । कोशीका लागि  शुभन गहतराजले ५७ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।

यसैगरी सोनु अन्सारीले ४४, सुजन थपलियाले ४२, सन्दीप टुंगानाले २१, फिरदोस अन्सारीले १६ र चिराग साहले १४ रन बनाए । चौथो विकेटका लागि सोनु र सुजनले ९२ रनको साझेदारी गरे ।

आर्मीका लागि सोमपाल कामीले चार, आकाश चन्द र शहाब आलमले समान दुई तथा कुशल मल्लले एक विकेट लिए  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो