माघ १६, २०८२ शुक्रबार | ०९:१७:३६
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

लगातार चौथो हारसँगै नेपालको चुनौती समाप्त, थाइल्यान्ड उपाधि नजिक

काठमाडौं । महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ । हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै मात्र १०१ रन बनाउन सक्यो ।

हारसँगै जीतविहिन नेपालको समाप्त भएको हो । लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधिको नजिक पुगेको छ । त्रिपल राउण्ड रोविन पद्धत्तिमा भइरहेको शृंखलामा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । चार खेलमा दुई जितसहित ६ अंक जोडेको नेदरल्यान्ड्सको शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना अझै बाँकी छ ।

नेपालका लागि मध्यक्रमका ब्याटर रुविना क्षेत्रीले ३० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २६ रनको योगदान गर्दा आठौं नम्बरका ब्याटर कविता जोशीले २४ रन बनाइन् । त्यस्तै सातौं नम्बरका ब्याटर रोमा थापा १९ रनमा अविजित रहँदा पाँचौं नम्बरका ब्याटर पुजा महतोले १८ रन बनाइन् । नेपालका लागि शीर्ष क्रमका ब्याटरल फेरि एकपटक निराशाजनक प्रदर्शन गरे । ओपनर सम्झना खड्का पाँच रन बनाउँदा कप्तान इन्दु वर्मा मात्र तीन रनमा पेभिलियन फर्किए । अर्का ओपनर ममता चौधरी र चौथो नम्बरका ब्याटर विन्दु रावलले खाता नै खोल्न पाएनन् ।

थाइल्यान्डको जितमा थिपात्चा पुथावङलले चार ओभरमा एक मेडनसिहित १० रन खर्चिँदै सर्वाधिक चार विकेट लिइन् । त्यस्तै फान्निता मायाले दुई विकेट लिँदा अन्य खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल खडा गरेको थियो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुवाङले २८ बलमा एक चौकासहित सर्वाधिक २७ रन जोडिन् । त्यस्तै सातौं नम्बरका ब्याटर थिपात्चा पुथावङले २५ रन बनाइन् । यसैगरी तेस्रो नम्बरका ब्याटर नन्नापात कोन्चारोएन्काईले १९ रन जोड्दा ओपनर अफिसरा सुवानचोनराथीले १७ रनको योगदान गरिन् । अर्का ओपनर नटया बूचाथाम १० रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि स्पीनर मनिषा उपाध्यायले चार ओभरमा एक मेडनसहित १८ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै पूजा महतो, रुविना क्षेत्री र रचना चौधरीको नाममा एक विकेट रह्यो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रचनाले डेब्यु विकेट हासिल गरेकी हुन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।