चैत्र १३, २०८२ शुक्रबार | २१:३१:१६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

लगातार चौथो हारसँगै नेपालको चुनौती समाप्त, थाइल्यान्ड उपाधि नजिक

काठमाडौं । महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ । हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै मात्र १०१ रन बनाउन सक्यो ।

हारसँगै जीतविहिन नेपालको समाप्त भएको हो । लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधिको नजिक पुगेको छ । त्रिपल राउण्ड रोविन पद्धत्तिमा भइरहेको शृंखलामा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । चार खेलमा दुई जितसहित ६ अंक जोडेको नेदरल्यान्ड्सको शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना अझै बाँकी छ ।

नेपालका लागि मध्यक्रमका ब्याटर रुविना क्षेत्रीले ३० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २६ रनको योगदान गर्दा आठौं नम्बरका ब्याटर कविता जोशीले २४ रन बनाइन् । त्यस्तै सातौं नम्बरका ब्याटर रोमा थापा १९ रनमा अविजित रहँदा पाँचौं नम्बरका ब्याटर पुजा महतोले १८ रन बनाइन् । नेपालका लागि शीर्ष क्रमका ब्याटरल फेरि एकपटक निराशाजनक प्रदर्शन गरे । ओपनर सम्झना खड्का पाँच रन बनाउँदा कप्तान इन्दु वर्मा मात्र तीन रनमा पेभिलियन फर्किए । अर्का ओपनर ममता चौधरी र चौथो नम्बरका ब्याटर विन्दु रावलले खाता नै खोल्न पाएनन् ।

थाइल्यान्डको जितमा थिपात्चा पुथावङलले चार ओभरमा एक मेडनसिहित १० रन खर्चिँदै सर्वाधिक चार विकेट लिइन् । त्यस्तै फान्निता मायाले दुई विकेट लिँदा अन्य खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १०६ रनको योगफल खडा गरेको थियो ।

थाइल्यान्डका लागि चानिदा सुथिरुवाङले २८ बलमा एक चौकासहित सर्वाधिक २७ रन जोडिन् । त्यस्तै सातौं नम्बरका ब्याटर थिपात्चा पुथावङले २५ रन बनाइन् । यसैगरी तेस्रो नम्बरका ब्याटर नन्नापात कोन्चारोएन्काईले १९ रन जोड्दा ओपनर अफिसरा सुवानचोनराथीले १७ रनको योगदान गरिन् । अर्का ओपनर नटया बूचाथाम १० रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि स्पीनर मनिषा उपाध्यायले चार ओभरमा एक मेडनसहित १८ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै पूजा महतो, रुविना क्षेत्री र रचना चौधरीको नाममा एक विकेट रह्यो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी रचनाले डेब्यु विकेट हासिल गरेकी हुन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो