माघ १७, २०८२ शनिबार | २२:३०:०८
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

कोशीको विजयी सुरुआत

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार कोशीले बागमती प्रदेशमाथि १० रनको जित हासिल गर्यो ।

जितसँगै समूह ‘बी’मा रहेको कोशीले दुई अंक जोडेको छ । यो समूहमा यी दुई टोलीसँगै मधेश प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी रहेका छन् ।

खराब मौसमका कारण १३ ओभरमा घटाइएको खेलमा कोशीले सात विकेट गुमाएर ६३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बागमती १२.१ मा सबै विकेट गुमाएर मात्र ५३ रनमा समेटियो ।

बागमतीका लागि ओपनर सविका यादवले ३२ बलमा दुई चौकासहित सर्वाधिक २० रनको योगदान गरिन् । त्यस्तै मध्यक्रमका ब्याटर विपीशा शाही १२ रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तीन खेलाडी खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

कोशीका लागि ज्योती दनवार, रुविना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए । त्यस्तै निशा शाहको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि पाँचौं नम्बरका ब्याटर विमला मलहाले २३ बलमा दुई चौकासहित सर्वाधिक १९ रन बनाइन् । त्यस्तै ओपनर तथा कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि स्पिनर मनिषा उपाध्यायले तीन ओभरमा ह्याट्रिकसहित चार विकेट हासिल गरिन् । १०औं ओभरमा कोशीका तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएका मनिषाले त्यसअघि छैटौं ओभरमा एक विकेट लिएकी थिइन् । मनिषाले एक मेडनसहित सात रन खर्चिइन् । त्यस्तै पूजा साउद, विपिशा शाही र संस्कृति फुयालको नाममा एक विकेट रह्यो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।