चैत्र ७, २०८२ शनिबार | २३:०७:१७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कोशीको विजयी सुरुआत

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार कोशीले बागमती प्रदेशमाथि १० रनको जित हासिल गर्यो ।

जितसँगै समूह ‘बी’मा रहेको कोशीले दुई अंक जोडेको छ । यो समूहमा यी दुई टोलीसँगै मधेश प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी रहेका छन् ।

खराब मौसमका कारण १३ ओभरमा घटाइएको खेलमा कोशीले सात विकेट गुमाएर ६३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बागमती १२.१ मा सबै विकेट गुमाएर मात्र ५३ रनमा समेटियो ।

बागमतीका लागि ओपनर सविका यादवले ३२ बलमा दुई चौकासहित सर्वाधिक २० रनको योगदान गरिन् । त्यस्तै मध्यक्रमका ब्याटर विपीशा शाही १२ रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तीन खेलाडी खाता नै खोल्न नपाई पेभिलियन फर्किए ।

कोशीका लागि ज्योती दनवार, रुविना क्षेत्री र संगिता राईले समान दुई विकेट लिए । त्यस्तै निशा शाहको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि पाँचौं नम्बरका ब्याटर विमला मलहाले २३ बलमा दुई चौकासहित सर्वाधिक १९ रन बनाइन् । त्यस्तै ओपनर तथा कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि स्पिनर मनिषा उपाध्यायले तीन ओभरमा ह्याट्रिकसहित चार विकेट हासिल गरिन् । १०औं ओभरमा कोशीका तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएका मनिषाले त्यसअघि छैटौं ओभरमा एक विकेट लिएकी थिइन् । मनिषाले एक मेडनसहित सात रन खर्चिइन् । त्यस्तै पूजा साउद, विपिशा शाही र संस्कृति फुयालको नाममा एक विकेट रह्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो