चैत्र ५, २०८२ बिहीबार | २०:०६:०२
ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

बुटवल कालिकालाई उपाधि

च्याम्पियन बुटबल कालिका कलेज ।

भैरहवा । साई ग्लोबल अन्तर कलेज ट्वान्टी२० क्रिकेटको प्रतियोगिताको उपाधि बुटवल कालिका कलेजले जितेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशाला शुक्रबार सम्पन्न फाइनलमा बुटवल कालिकाले प्यारामाउन्ट कलेज तिलोत्तमालाई २५ रनले पराजित गर्यो ।

बुटवलले कालिकाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको प्यारामाउन्ट १८.३ ओभरमा ९५ रनमै समेटियो । प्यारामाउन्टका लागि सन्देश थापाले सर्वाधिक ३३ रन बनाए । यसैगरी तुल हादुर थापाले १६ र अमन बोहराले १० रन जोडे ।

बुटवल कालिकाका लागि प्रज्वल थापाले तीन, विपिन भट्टराई अभिषेश गौतमले समान दुई तथा विवस खाती र कमल जैसीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवल कालिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११७ रनको  योगफल तयार पारेको थियो ।

बुटवलका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२, रन्जित खडकाले १७ र सम्राट भुसालले अविजित १७ रन बनाए ।

प्यारामाउन्टका लागि शिव कुवर, आशुतोष पाण्डे र सन्देश थापाले समान तीन विकेट लिए ।

उपविजेता प्यारामाउन्ट कलेज । 

विजेता बुटवल कालिकाले ५५ हजार ५५५  तथा उपविजेता प्यारामाउन्टले २५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन्  ।

बुटवल कालिकाका  प्रज्वल थापा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उत्कृष्ट ब्याटर चुनिए । उनले १६ हजार रुपैयाँ हात पारे ।

यसैगरी बुटवलकै आभिषेश गौतम उत्कृष्ट बलर घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।  रुपेन्देही लिलाराम न्यौपाने मावि अनुसाशित टोली चुनियो ।

विजेतालाई पुर्व सांसद प्रमोदकुमार यादव, साइ ग्लोवल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही जिल्ला क्रिकेटसंघका सस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितालाई साई ग्लोवल कलेजले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो । पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३२ कलेज सहभागी थिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH