माघ १५, २०८२ बिहीबार | १२:३८:२८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

बुटवल कालिकालाई उपाधि

च्याम्पियन बुटबल कालिका कलेज ।

भैरहवा । साई ग्लोबल अन्तर कलेज ट्वान्टी२० क्रिकेटको प्रतियोगिताको उपाधि बुटवल कालिका कलेजले जितेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशाला शुक्रबार सम्पन्न फाइनलमा बुटवल कालिकाले प्यारामाउन्ट कलेज तिलोत्तमालाई २५ रनले पराजित गर्यो ।

बुटवलले कालिकाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको प्यारामाउन्ट १८.३ ओभरमा ९५ रनमै समेटियो । प्यारामाउन्टका लागि सन्देश थापाले सर्वाधिक ३३ रन बनाए । यसैगरी तुल हादुर थापाले १६ र अमन बोहराले १० रन जोडे ।

बुटवल कालिकाका लागि प्रज्वल थापाले तीन, विपिन भट्टराई अभिषेश गौतमले समान दुई तथा विवस खाती र कमल जैसीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवल कालिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११७ रनको  योगफल तयार पारेको थियो ।

बुटवलका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२, रन्जित खडकाले १७ र सम्राट भुसालले अविजित १७ रन बनाए ।

प्यारामाउन्टका लागि शिव कुवर, आशुतोष पाण्डे र सन्देश थापाले समान तीन विकेट लिए ।

उपविजेता प्यारामाउन्ट कलेज । 

विजेता बुटवल कालिकाले ५५ हजार ५५५  तथा उपविजेता प्यारामाउन्टले २५ हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन्  ।

बुटवल कालिकाका  प्रज्वल थापा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उत्कृष्ट ब्याटर चुनिए । उनले १६ हजार रुपैयाँ हात पारे ।

यसैगरी बुटवलकै आभिषेश गौतम उत्कृष्ट बलर घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।  रुपेन्देही लिलाराम न्यौपाने मावि अनुसाशित टोली चुनियो ।

विजेतालाई पुर्व सांसद प्रमोदकुमार यादव, साइ ग्लोवल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही जिल्ला क्रिकेटसंघका सस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितालाई साई ग्लोवल कलेजले मुख्य प्रायोजकको रूपमा साथ दिएको थियो । पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३२ कलेज सहभागी थिए ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।