चैत्र १२, २०८२ बिहीबार | २०:०३:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

ह्यामिल्टनस्थित सेडन पार्कमा बुधबार सम्पन्न दोस्रो खेलमा न्युजिल्यान्ड ११३ रनले विजयी भयो । जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा २० को अग्रता लिएको छ ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ३०.२ ओभरमा १४२ रनमै समेटियो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ६६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी जानिथ लियान्गेले २२, चामिन्दु विक्रमासिंघेले १७ र आविश्का फर्नान्डोले १० रन बनाए ।

पाँचौ विकेटका लागि मेन्डिस र लियान्गेले ५७ रनको साझेदारी गरे ।  न्युजिल्यान्डका लागि विल ओ’ रोर्केले तीन, जेकब डफीले दुई तथा म्याट हेनरी, नाथन स्मिथ र कप्तान मिचेल स्यान्टनरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा नौ विकेट गुमाउँदै २५५ रनको योगफल तयार पारेको थियो ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ६३ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी मार्क च्याम्पम्यानले ५२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६२, ड्यारिल मिचेलले ३८, ग्लेन फिलिप्सले २२, मिचेल स्यान्टनरले २० र विल योङ्गले १६ रन बनाए ।

दोस्रो विकेटका लागि रविन्द्र र च्याम्पम्यानबीच ११२ रनको साझेदारी भयो । श्रीलंकाका लागि महेश तिक्क्षणा चार, वानिन्दु हसरंगाले दुई तथा असिथा फर्नान्डो र इशान मालिंगाले समान एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयप्ी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो