माघ १५, २०८२ बिहीबार | १७:४२:५२
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

ह्यामिल्टनस्थित सेडन पार्कमा बुधबार सम्पन्न दोस्रो खेलमा न्युजिल्यान्ड ११३ रनले विजयी भयो । जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा २० को अग्रता लिएको छ ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ३०.२ ओभरमा १४२ रनमै समेटियो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ६६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी जानिथ लियान्गेले २२, चामिन्दु विक्रमासिंघेले १७ र आविश्का फर्नान्डोले १० रन बनाए ।

पाँचौ विकेटका लागि मेन्डिस र लियान्गेले ५७ रनको साझेदारी गरे ।  न्युजिल्यान्डका लागि विल ओ’ रोर्केले तीन, जेकब डफीले दुई तथा म्याट हेनरी, नाथन स्मिथ र कप्तान मिचेल स्यान्टनरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा नौ विकेट गुमाउँदै २५५ रनको योगफल तयार पारेको थियो ।
न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ६३ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी मार्क च्याम्पम्यानले ५२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६२, ड्यारिल मिचेलले ३८, ग्लेन फिलिप्सले २२, मिचेल स्यान्टनरले २० र विल योङ्गले १६ रन बनाए ।

दोस्रो विकेटका लागि रविन्द्र र च्याम्पम्यानबीच ११२ रनको साझेदारी भयो । श्रीलंकाका लागि महेश तिक्क्षणा चार, वानिन्दु हसरंगाले दुई तथा असिथा फर्नान्डो र इशान मालिंगाले समान एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयप्ी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।