चैत्र ७, २०८२ शनिबार | २१:०५:११
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै

फाइल तस्विर

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा बुधबार दुई खेल हुँदैछन् । जनपुरस्थित रामजानकी मैदानमा आर्मीले बागमती प्रदेशको सामना गर्दैछ । खेल विहान ९ बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् । पहिलो खेलमा बागमती मधेश प्रदेश तथा आर्मी पुलिससँग बराबरीमा रोकिएका थिए ।

विनोद भण्डारीको कप्तामा रहेको आर्मीका लागि शाहब आलम मुख्य खेलाडीका रूपमा रहनेछन् । शाहबले पुलिसविरुद्ध पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई गरि १० विकेट लिएका थिए ।

शाहब आलम । 

यता बागमतीका कप्तान सन्दीप लामिछाने आर्मीविरुद्ध घातक बन्न सक्छन् । उनले मधेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए ।

यसैगरी वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिस र मधेश प्रदेश आमने सामने हुनेछन् । यो खेल पनि विहान ९ बजे सुरु हुनेछ ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसका लागि ललितनारायण राजवंशी मुख्य हतियारका रूपमा रहनेछन् । उनले आर्मीविरुद्ध पहिलो इनिङमा सात र दोस्रो इनिङमा दुई गरि ९ विकेट लिएका थिए ।

यसैगरी हरिशंकर साहको कप्तानीमा रहेको मधेशका लागि मायन यादव हेर्न लायक खेलाडीका रूपमा छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध एक शतकसहित १२६ रन प्रहार गरेका थिए ।

मायन यादव ।

पहिलो इनिङमा २१ रन बनाएका मायनले दोस्रो इनिङमा १०६ रन थपे । प्रतियोगितामा शतक प्रहार गर्ने मायन एक्ला खेलाडी हुन् ।

पहिलो खेलपछि बागमतीले २२, पुलिसले २१, मधेशले १७ र आर्मीले १६ रन जोडेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो