काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार जारी फाइनल खेलमा सान्दार सुरुआत दिलाएका सुदूरपश्चिमका ओपनिङ जोडी विनोद भण्डारी र सैफ जैब पेभिलियन फर्किएका छन् ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर ब्याटिङको गरिरहेको सुदूरपश्चिमका लागि विनोद र जैबले पेभिलियन फर्किनुअघि ११० रनको साझेदारी गरे ।
१२औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले पहिलो विकेटको रुपमा जैबलाई गुमायो । जैब किशोर महत्तोको बलमा लङ अनमा ललित राजवंशीबाट क्याच भए । जैबले ४३ बलमा आठ चौका र दुई छक्कासहित ६९ रनको पारी खेले ।
स्कोरबार्डमा एक रन पनि जोडिन नपाउँदै जनकपुरले विनोदको विकेट हासिल गर्यो । विनोद ललितको बलमा बोल्ड भए ।
अहिले क्रिजमा तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलन १० तथा चौथो नम्बरका ब्याटर हर्मीत सिंह ६ रनमा ब्याटिङ गरिरहेका छन् ।
सुदूरपश्चिमले १४ ओभरको समाप्तिमा १३३ रन जोडेको छ ।