भाद्र २७, २०८२ शनिबार | ०८:३१:१६
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

सुदूरपश्चिमको विजयी यात्रा जारी, लुम्बिनी अझै जितविहिन

विकेटको खुसीयाली मनाउँदै सुदूरपश्चिमका खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं ।  सेफ जैबको अलराउन्ड प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गर्यो ।

जितसँगै सुदूरपश्चिम तीन खेलमा ६ अंक जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।

यता तीनै खेलमा पराजित लुम्बिनी अंकविहिन छ । लुम्बिनीले यसअघि विराटनगर र पोखार एभेन्जर्ससँग हार ब्यहोरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४२ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि विवेक यादवले ५४ बलमा सात छक्का र तीन चौकको मद्दतले अविजित ७७ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे ।

लुम्बिनीका लागि सेफ जैब र ब्रेन्डन म्याकमुलनले समान तीन, स्कट कुग्गेलिजले दुई तथा अविनास बोहराले एक विकेट लिए ।

ओभरको पहिलो बलमै स्कट कुग्गेलिजनले अर्जुन साउदलाई एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको अन्तिम बलमा उन्मुक्त चन्द पनि एलबिडब्ल्युको शिकार बने । उनले चार रन प्रहा गरे ।

दोस्रो ओभरको पाँचौं बलमा पाँच रन बनाएर खेलिरहेका कप्तान रोहितकुमार पौडेललाई ब्रेन्डन म्याकमुलनले पेभेलियनको बाटो देखाए । रोहित इशान पाण्डेबाट क्याच भए । 

चौथो ओभरको दोस्रो बलमा टम मुर्स म्याकमुलनकै शिकार बने । सात रन बनाएका मुर्स पनि इशानबाटै क्याच भए । 
लगत्तैको बलमा म्याकमुलनले साद बिन जफरलाई रनको खाता पनि खोल्न नदिइ एलबिडब्ल्युको धरापमा पारे ।

अविनास बोहराले ११औं ओभरको दोस्रो बलमा सन्दीप जोरालाई बसन्त खत्रीबाट क्याच गराए । सन्दीपले २६ बलमा एक छक्काको मदद्तले २० रन बनाए  ।

सेफ जैबले १६औं ओभरको तेस्रो बलमा दिनेश अधिकारीलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट  क्याच गराए ।  १४ रन बनाएका उनले १६ बलमा दुई चौका प्रहार गरे । लगत्तैको बलमा रामोन सिमन्ड्स रनको खाता पनि खेल्न नपाइ बोल्ड भए ।

जैबले १८औं ओभरको अन्तिम बलमा सात रन बनाएर खेलिरहेका सूर्य तामाङलाई नरेश बढाऐरबाट क्याच गराए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो । 

लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै सेफ जैब र ब्रेन्डन म्याकमुलन, तस्विरः सरोज सापकोटा / खेलाडी । 

सुदूरपश्चिमका लागि जैबले ९०, दीपेन्द्रेसिंह ऐरीले ३९ , ब्रेन्डन म्याकमुलनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन जोडे ।

जैबले दोस्रो विकेटका लागि म्याकमुलनसँग ५७ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५३ रनको साझेदारी गरे । लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई तथा रोहितकुमार पौडेल र विवेक यादवले समान एक विकेट लिए ।

छैटौं ओभरको तेस्रो बलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले विनोद भण्डारीलाई सन्दीप जोराबाट क्याच गराए । १३ बलको सामना गरेका विनोदले दुई चौकाको मद्दतले १७ रन बनाए ।

विवेक यादवले १४औं ओभरको चौथो बलमा लुम्बिनीलाई दोस्रो सफलता दिलाए । उनले २३ रन बनाएर खेलिरहेका ब्रेन्डन म्याकमुलनलाई रामोन सिमन्ड्सबाट क्याच गराए । म्याकमुलले २० बलमा समान एक चौका र छक्का प्रहार गरे ।

रामोन सिमन्ड्सले उत्कृष्ट लयमा रहेका सैफ जैबलाई १८औं ओभरको चौथो बलमा उन्मुक्त चन्दबाट क्याच गराए । जैबले ६१ बलकमा ६ चौका र पाँच चौकाको मद्दतले ९० रन बनाए । लगत्तैको बलमा आरिफ शेख रनको खाता पनि खोल्न नपाइ साद बिन जफरबाट क्याच भए ।

पहिलो इनिङको अन्तिम बलमा दीपेन्द्र रन आउटको शिकार बने ।  १९ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतले ३९ रन बनाए ।  


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS